Comments Add Comment

कतै जाँदै हुनुहुन्छ ? आज दिनभर यी रुट प्रयोग नगर्नुहोस्

carget१७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन आज दिनभर राजधानीका सडक प्रभावित हुने भएको छ  ।

भारतीय राष्ट्रपति मुखर्जी तीन दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आउँदैछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ भने धेरै जसो सडक सावारी हुने समयमा खाली गरिने भएको छ ।

मुखर्जीको सवारीलाई लक्षित गरी ट्राफिक प्रहरीले विभिन्न रुटको बैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई टाफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रभावित हुने रूटः साढे ११ बजेदेखि दिउँसो ३ बजेसम्म

विहान साढे ११ बजेदेखि दिउँसो ३ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सवारीक्षेत्रमा सवारी प्रभावित हुने भएकाले बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

१ बजेदेखि ३ बजेसम्म

यस्तै दिउँसो १ बजेदेखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, सोह्रखुट्टे, जयनेपाल क्षेत्रमा गाडी चलाउन पाइने छैन ।

दिउँसो पौने २ बजे देखि पौने ४ बजे सम्मगौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रको सडक प्रभावित हुने छ ।

साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म

यस्तै मुखर्जीको सवारीका कारण साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहील, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटोबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा सवारी आवगमन प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ ।

राजधानीको सडक तीन दिन प्रभावित हुने छ भने विमानस्थल समेत प्रभावित हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment