Comments Add Comment

भारतीय राष्ट्रपति मुखर्जीले पशुपतिमा लाखबत्तीसहितको विशेष पूजा गर्दै

india-president-nep-visit-16१८ कात्तिक, काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्दै छन् ।

आज बिहानको विशेष पूजालाई मध्यनजर गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

मित्रराष्ट्र भारतका राष्ट्राध्यक्षको विशेष पूजालाई अविस्मरणीय बनाउने गरी तयारी भएको सदस्य सचिव डा टण्डनले बताए ।
राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

त्यसपछि कोषकातर्फबाट मुखर्जीलाइ उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ । भारतीय राष्ट्राध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लागेका हुन । यसअघि पूर्वराष्ट्रपति के आर नारायणन्ले विसं २०५५ जेठमा पशुपतिमा फर्माइसी पूजा गरेका थिए । पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारत एवम् विश्वभरका हिन्दू धर्मावलम्बीको विशेष आकर्षणको केन्ऽ भन्ने गरिएको छ ।

पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गर्ने कार्यक्रम छ ।

गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उनको स्वागत गर्नेछन् ।

राष्ट्रपति मुखर्जी गौशाला चोकबाट पशुपति परिसरमा प्रवेश गरेपछि उनको स्वागतमा धिमे बाजा, पञ्चेबाजालगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिने पनि कोषले जनाएको छ ।

स्थानीयवासी एवम् दर्शनार्थीले पशुपति परिसरमा उभिएर राष्ट्रपति मुखर्जीको स्वागत गर्नेछन् ।  पशुपतिमा विशेष पूजाको तयारीस्वरुप प्रवेशद्वारको निर्माण, सरसफाइलगायत काम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment