 
																						फाइल फोटो ।								
											१४ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२औं सेना दिवस समारोहमा सहभागी हुँदैछन् । दिवसमा सहभागी हुन बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा पुग्ने तालिका छ ।
त्यस्तै राष्ट्रपति पौडेल पशुपतिको दर्शन गर्न पनि जानेछन् । महाशिवरात्रिको अवसरमा उनी पशुपति दर्शनका लागि जान लागेका हुन्। उनी साढे ४ बजे पशुपति जाने तालिका छ ।
सेना दिवसमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । आजै साँझ उनी पनि पशुपति दर्शनका लागि जाँदैछन् ।
काठमाडौंको पशुपतिनाथमा प्रत्येक वर्ष शिवरात्रिमा विशेष मेला लाग्ने गर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ पशुपति दर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4