+
+

मुखर्जी भ्रमणको दोस्रो दिनः कहाँ-कहाँ हुँदैछ जाम ?

सरकारी कार्यालय खुल्ने, यस्तो छ आजको सवारी रुट

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १८ गते १०:४८

sunsan-sadak-9१८ कात्तिक, काठमाडौं । बुधबार तीनदिने नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि ‘अघोषित कर्फ्यू’का कारण राजधानीका सडकमा सर्वसाधारणलाई हिँड्नसमेत रोक लगाइएको थियो । यस्तै सास्ती राजधानीवासीका लागि अझै सकिएको छैन ।

मुखर्जीको सुरक्षा एवं सम्मानका लागि भन्दै बुधबार सरकारले सार्वजनिक विदा दिएको थियो । जसका कारण सडकमा सवारी चाप समेत न्यून थियो । तर, विहीबार भने कार्यालयहरु खुल्ने र तिहारमा घर गएकाहरु समेत र्फकने क्रममा रहेकाले सडकमा सवारीको चाप बढ्ने देखिएको छ ।

मुखर्जीको आजको कार्यक्रमका कारण उनी सवारी हुने स्थानको सडकमा खाली गरिने भएसँगै राजधानीमा सवारी जाम हुने निश्चित छ ।

विहीबार अवरोध हुने मार्ग

भारतीय राष्ट्रपति मुखर्जी विहान पशुपतिनाथको पूजापछि काठमाडौं विश्वविद्यालयले प्रदान गर्ने मानार्थ विद्यावारिधिका लागि बिहीबार नेपाली सेनाको अडिटोरियम हलमा जाँदैछन् । त्यसपछि उनी हायात होटेलमा र्फकनेछन् र त्यहाँ साँझसम्म नेताहरुसँग भेटघाट कार्यक्रम हुनेछ ।

ट्राफिक प्रहरीका अनुसार बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रमा अवरोध हुनेछ ।

त्यसैगरी दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भऽकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा सवारी अवरोध हुनेछ ।

साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, नागस्थान, ठमेल क्षेत्रमा मुखर्जीको सवारी छ ।

त्यसैगरी साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल क्षेत्रको सडक प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । बेलुकी पौने ८ बजेदेखि बेलुकी पौने १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा सडक अवरूद्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?