+
+

गोर्खा भर्तीको विरोध गर्ने ११ माओवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १९ गते १३:१३
maoist-arrested
माओवादी कार्यकर्तालाई पक्रेर भ्यानमा राख्दै प्रहरी । तस्वीर: जन्मदेव जैसी

१९ कात्तिक, काठमाडौं । गोर्खा भर्ती केन्द्रको विरोध गर्ने विप्लव माओवादीका ११ नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको शान्तिवाटीकाबाट नेता अनिल शर्मा ‘विरही’सहित ८ जनालाई र असनको इन्द्रचोकबाट ३ जनालाई फक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमा विप्लव माओबादीका पोलिटब्युरो सदस्य बिरहीसहित, केशव शर्मा, आकास भेटवाल, प्रकाश अधिकारी, ध्रुव अधिकारी, टंक जोशी, दुर्गा अधिकारी, सुर्य भुजेल लगायत छन् ।

विप्लव माओवादीले शुक्रबार शान्तिवाटीकामा भेला भएर जुलुससहित लैनचौरस्थित भारतीय दूतावास पुग्ने र ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । तर, प्रहरीले शान्तिवाटीकामा भेला भएका नेता-कार्यकर्ताहरुलाई लाठीचार्ज गरी तितर-वितर पारेको माओवादी नेता माइला लामाले जानकारी दिए ।

लामाका अनुसार प्रहरी हस्तक्षेपका कारण भारतीय दूतावासमा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?