Comments Add Comment

संविधान संशोधनको प्रस्तावित मस्यौदामा कांग्रेस नै असहमत

रामशरण महतको प्रश्न-पार्टीमा छलफल नगरी कसले गर्‍यो मस्यौदा ?

 

congress-cc-meeting
फाइल तस्वीर

२१ कात्तिक, काठमाडौं । कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधीको अग्रसरतामा मस्यौदा गरिएको संविधान संशोधन प्रस्ताव कांग्रेसभित्रै अस्वीकृत हुने देखिएको छ ।

संविधान संशोधनबारे कांग्रेसभित्र कुनै छलफल नभएको र अहिले बाहिर आएको मस्यौदा कांग्रेसले स्वीकार नगर्ने नेताहरुले बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले अनलाइनखबरसँग भने- ‘संविधान संशोधनको बारेमा कांग्रेस पार्टीभित्र कुनै पनि छलफल भएको छैन । अहिले जुन जुन विषयमा संशोधन गर्ने भनेर प्रस्ताव आएको छ त्यसमा सहमत हुने अवस्थ्ाा छैन । कांग्रेस सहमत नभई संविधान संशोधन हुन सक्दैन ।’

कांग्रेस नेता रामचन्द्र पौडेलले आफू निकट नेताहरुसँगको छलफलमा अहिले आएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा मान्य नहुने बताएका छन् । अंगीकृत नागरिकलाई राज्य, सरकार, प्रदेश र सुरक्षा निकायको प्रमुख बन्न दिने कुरा कुनै हालतमा मान्य नहुने महतले बताए ।

उनले सीमांकन पुनरावलोनको बारेमा पनि आयोग बनाउने सम्म सहमत हुन सकिने तर अरु फेरबदल गर्दा विवाद हुने बताए । उनले भने- ‘पार्टीमा कुनै छलफल नगरि कसले मस्यौदा तयार पारेको हो ? हामीलाई थाहा छैन र कांग्रेसले यस्तो संशोधन स्वीकार गर्दैन ।’

संविधान संशोधन मस्यौदा निर्माणमा पार्टी सभापति शेरवहादुर देउवा निकट नेताहरु बिमलेन्द्र निधी र रमेश लेखक संलग्न छन् । तर देउवा निकट नेताहरुनै प्रस्तावित मस्यौदाप्रति असहमत छन् ।

मधेशी जनताले माग्दै नमागेको अंगीकृतलाई राज्यको प्रमुख बन्न दिने संशोधन प्रस्ताव रहस्यमय ढंगले ल्याइएको देउवा निकट एक प्रभावशाली नेताले बताए । यो प्रस्तावप्रति कृष्ण सिटौला पक्ष पनि असहमत देखिएको छ । तत्काल पार्टीको बैठक डाकेर संविधान शंसोधनमा आधिकारिक धारणा तय गर्न देउवामाथि दबाव परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment