Comments Add Comment

अक्षयको पारिश्रमिक ४५ करोड

akachyaमुम्बई । बलिउड अभिनेता अक्षय कुमारले एउटा फिल्ममाकाम गरेको ४५ देखि ५० करोड पारिश्रमिक लिने भएका छन् । हालै उनले अभिनय गरेको फिल्मको इन्टरनेट, सेटलाइट राइटलगायतका विषयमा सम्झौतागर्न सुरु गरेका छन् ।

प्रदर्शन हुनबाँकी रहेको नौ फिल्ममा उनले सेटलाइट र इन्टरनेटको समेत सम्झौता गरेका छन् । यो सबै जोड्दा उनको एउटा फिल्ममा काम गरेको पारिश्रमिक ४५ देखि ५० करोड हुन आउँछ ।गएको वर्ष उनले आफुले काम गरेको फिल्मवाट ३० करोडको हाराहारीमा पारिश्रमिक लिएका थिए ।

विपुल शाहको नमस्ते लण्डन-२ वाट अक्षय अलगभएका छन् । अक्षयले पारिश्रमिक बढाएपछि फिल्मको बजेट बढ्ने भन्दै अक्षय र निर्माण संस्थाविच सहमति भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । टि-सीरीजका निर्देशक भुषण कुमारले पनिअक्षयले पारिश्रमिक बढाएको पुष्टि गरे । यतिहुँदाहुँदै पनि बलिउडमा सबै भन्दा धेरै पारिश्रमिक लिने कलाकारका रुपमा सलमानखान चनिन्छन् ।

उनले सुल्तानवाट ६० करोड पारिश्रमिक लिएका थिए । अर्का नायक आमिर खानले एउटा फिल्ममा काम गरेको ५० करोड पारिश्रमिक लिने गरेका छन् । शाहरुख खानले भने एउटा फिल्ममा काम गरेवापत ४५ करोड पारिश्रमिक पाउने गरेका छन् ।

अब शाहरुख र अक्षयको पारिश्रमिक बराबर हुने सम्भावना बढेको छ । ऋतीक रोशनले ४० करोडको हाराहारीमा पारिश्रमिक लिने गरेका छन् भने अजय देबगण र रणबीर कपुरको रेट २५ करोड रहेको छ । अमिताभ बच्चनले अहिले पनि २० करोडको हाराहारीमा पारिश्रमिक लिने गरेका छन् भने रणबीर सिंहले पनि २० करोड पारिश्रमिक लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment