Comments Add Comment

अमेरिकी राष्ट्रपति चुनावः पहिलो पटक यतिधेरै विवादित भएको हो ?

hilari-clinton

अमेरिकी राष्ट्रपतिको निर्वाचन र विवादको त्यत्तिकै पुरानो नाता छ, जति स्वतन्त्र अमेरिकाको इतिहास छ । यसैले यदि यस पटक चुनावी नतिजालाई लिएर विवाद भयो भने त्यो पहिलो पटक हुने छैन ।

यो बिचार अमेरिकी पत्रकार फ्रेड लुकसको हो । जसले आफ्नो पछिल्लो किताबमा यसबारे उल्लेख गरेका छन् ।

हृवाइट हाउस विट हेर्ने पत्रकार लुकसले किताबमा यो पनि उल्लेख गरेका छन् कि यसपटक चुनावी प्रचारका क्रममा देश र समाज जति विभाजित भएको छ, त्यस्तो पहिला पनि धेरै पटक भइसकेको छ ।

भारतीय मुलका अमेरिकी पत्रकार ज्योति रौतेलाका अनुसार यदि यस पटकको चुनावी नतिजाको चुनौति दिइन्छ भने इन्टरनेट युगको पहिलो विवादित चुनाव हुनेछ । तर, इतिहासको कुरा गर्ने हो भने विवादले घेरिएको अरु पनि थुप्रै चुनावहरु छन् ।

त्यसैले अमेरिकामा यस पटक हुन लागेको चुनावले समाजलाई सबैभन्दा धेरै बिकेन्दि्रत गरिरहेको भनिन्छ भने त्यो सायद सही हुनेछैन ।

यद्यपि थुप्रै अमेरिकी चुनावी बिशेषज्ञ यस्तै मान्छन् । उनीहरुका अनुसार यस्तो लागिरहेको छ कि अमेरिकीहरु दुई गुटमा बिभाजित भएका छन् र एक अर्काप्रतिको घृणाको एक ठूलो पर्खाल लागेको छ ।

donald-trump

अहिलेसम्म पाइएका संकेतहरुका अनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनबीच चुनावमा निक्कै कडा प्रतिस्पर्धा हुनेछ ।

र अब प्रश्न उठ्छ कि भोलि हुन लागेको निर्वाचनको नतिजा विवादास्पद भयो भने के होला ?

सम्भावना यो छ कि यदि ट्रम्पले चुनाव जितेनन् भने नतिजालाई लिएर उनी अदालत जान सक्नेछन् । ट्रम्पले चुनावी प्रचारप्रसारका क्रममा पटक-पटक भनेका छन् कि अमेरिकाको चुनावी प्रक्रिया भ्रष्ट छ ।

उनले यो पनि भनेका छन् कि उनी चुनावी नतिजा तब स्वीकार गर्नेछन्, जब उनको जित हुनेछ । उनले थुप्रै पटक चुनावमा धाँधली हुनसक्नेमा आशंका ब्यक्त गरेका छन् ।

प्रतिस्पर्धा यति थोरै अन्तरमा छ कि दुवै उम्मेदवारबीच गतिरोधको कारक बन्नसक्छ ।

पत्रकार फ्रेड लुक्स आफ्नो पुस्तकमा भन्छन् कि अमेरिकी चुनावको इतिहासमा पहिला पनि थुप्रै पटक यस्तो स्थिति पैदा भइसकेको छ । कतिपय अवस्थामा विवादित फैसला भएको थियो भने कतिपय अवस्थामा घुस लिएको आरोप पनि लागेको थियो ।

अमेरिकी राष्ट्रपतिको केहि विवादित निर्वाचन

सन् २००० को निर्वाचनः अल गोर भर्सेस जर्ज बुस

यस निर्वाचनमा आम जनताको धेरै भोट (पपुलर भोट) डेमोक्रेटिक पार्टकिा उम्मेदवार अल गोरले पाएका थिए तर, बिजयी घोषित भए रिपब्लिकन पार्टीका जर्ज डब्ल्यु बुस ।

अल गोलले पाँच लाखभन्दा बढी मत पाएका थिए । तर, अमेरिकी चुनावमा इलेक्टोरल कलेजमा धेरै मत हासिल गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने व्यवस्था रहेकाले बुसले बाजी मारेका हुन् ।

अल गोरले मत गणना दोस्रो पटक हुनुपर्ने माग गर्दै अदालतसम्म पुगेका थिए । तर, अदालतले दोस्रो पटक मतगणना गर्न अस्वीकार गरेपपछि गोलले हार माने र बुसले राष्ट्रपतिको सपथ लिए ।

१९४८ को निर्वाचनः हृयारी ट्रुम्यान भर्सेस थोमस डेवी

चुनाव भएको रात तत्कालीन राष्ट्रपतिसमेत रहेका डेमोक्रेटिक पार्टीका उम्मेदवार हृयारी ट्रुम्यान निराश हुँदै सुत्न गए । उनले हार मानिसकेका थिए । रिपब्लिकन पार्टीका उम्मेदवार थोमस डेवीले एक्जिट पोलमा ५ प्रतिशतको अग्रता कायम गरिसकेका थिए ।

उनको जित पक्का मानिसकिएको थियो । शिकागो डेली टि्रब्युन नामक अखबारले त ट्रुम्यानको हार भएको व्यहोराको समाचारका साथ अखवार बेच्न सुरु गरिसकेको थियो ।

तर, राष्ट्रपति ट्रुम्यानकै जित भयो । उनलाई बिहान चार बजे अमेरिकाको अनुसन्धान अधिकारीले ब्युँझाएर जितको खबर सुनाएका थिए ।

president

उनको त्यस तस्वीर अमर भएको छ कि जहाँ उनलाई शिकागो टि्रब्युन अखबार हातमा लिएर मुस्कुराइरहेको देख्न सकिन्छ । जुन अखबारमा ट्रुम्यानको हारको खवर पहिलो पन्नामा छापिएको थियो ।

थोमस डेवीले नतिजा स्वीकार गर्न केहि समय लगाए तर यस मामलामा उनी अदालत भने गएनन् ।

१८७६ को निर्वाचनः स्याम्युअल डिल्टेन भर्सेस रदरफोर्ड हेस

यस चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार स्याम्युअल टिल्डेन चुनाव जितेर पनि हार्न पुगे । उनले रिपब्लिकन पार्टीका प्रतिद्धन्दी रदरफोर्ड हेसलाई पपुलर र इलेक्ट्रोरल कलेज दुवैमा पराजित गरेका थिए । तर, उनले इलेक्टोरल कजेलमा आवश्यक परेको १८५ मत हासिल गर्न असफल भए ।

दुवै खेमाले एक अर्काको बिरुद्धमा भ्रष्टाचार र चुनावी अनियमितताको आरोप लगाए । पछि दुवै पक्षबीच एक सम्झौता भयो, जस अनुसार रदरफोर्ड राष्ट्रपति भए । बिशेषज्ञहरुले यसलाई इलेक्सन नभई सेलेक्सनको दर्जा दिएका थिए ।

१८०० को निर्वाचनः थोमस जेफरसन भर्सेस जोन एडम्स

यो अमेरिकी राष्ट्रपतिको चौथो निर्वाचन थियो । त्यतिबेलासम्म एकै चुनावमा उपराष्ट्रपतिले राष्ट्रपतिलाई चुनौति दिएका थिएनन् । तर, यस चुनावमा उपराष्ट्रपति थोमस जेफरसनले राष्ट्रपति जोन एडम्सलाई चुनौति दिए । तर फैसल सजिलै आएन ।

त्यस समय इलेक्टोरल कलेज अन्तर्गत राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई भोट दिइन्थ्यो । जसले धेरै मत पाउँथे उनै राष्ट्रपति हुन्थे । त्यस बेला टू पार्टी सिस्टम भर्खरै आइरहेको थियो । डेमोक्रेटिक-रिपब्लिकन पार्टीको तर्फबाट थोमस जेफरसन राष्ट्रपति, आरोन बर्र उपराष्ट्रपतिको उम्मेदवार बने ।

america-ex-president
फेडरेलिष्ट पार्टीका उम्मेदवार तत्कालिन राष्ट्रपति एडम्स बने र उपराष्ट्रपतिका उम्मेदवार थिए चार्ल्स पिंकनी । इलेक्टोरल कलेज भोटमा एडम्स र चार्ल्स, जेफर्सन र बर्रभन्दा निक्कै पछि रहे । जेफर्सन र बर्रबीचको भीडण्त बाँकी थियो अब किनभने उनीहरु दुवैले ७३/७३ मत ल्याएका थिए ।

यो मामला संसदमा पुग्यो । संसदमा ३५ पटक मतदान भयो तर हरेक पटक यी दुईले बराबर मत ल्याउँथे । तर ३६औं पटकको मतदानमा जेफर्सन राष्ट्रपति बने र बर्र उपराष्ट्रपति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment