Comments Add Comment

नलिना र सञ्जीवको प्रस्तुतिमा झुम्यो बार्सिलोना (फोटो फिचर)

sanjib-pradhan-n-nalina-1

बार्सिलोना । ‘देउरालीको चौतारीमा, संगिनीले आँखा छोपेको आँउछ अझै झझल्को…..’ चर्चित गायक संजीव प्रधानले यो गीत गाइरहँदा उनीसँगै दोस्रो पुस्ताका नेपाली युवायुवतीहरुले पनि कण्ठस्त गाएर सुनाए ।

बार्सिलोनाको सांगीतिक माहोलमा वान्स मोरको चर्को आवाज सुनेपछि गायक प्रधानले फेरि गीतलाई दोहोर्‍याएर सुनाए । लुकामारी खेलेको बनपाखामा, खेल्ने गर्थ्यौं सानैमा, एक अर्काको नाम लेखिदिउँला, बगरमा हामी डुलेको, आउँछ अझै झझल्को … ।

गायक प्रधानको यो चर्चित गीतले दुई थरी दर्शकलाई फरक- फरक ढंगले आकषिर्त गर्‍यो । एकातर्फ यतै विदेशमा हुर्केका नेपाली बालबालिकादेखि युवायुवतीसम्मको ध्यान खिच्चो । त्यतिमात्र हैन बर्षौं पुराना भए पनि स्तरीय गीतहरु भए अहिलेको पिँढीमाझ पनि उत्तिकै लोकप्रिय हुन्छ भन्ने प्रमाणित पनि गर्‍यो ।

sanjib-pradhan-n-nalina

नेवा पासा पुचः स्पेनले तिहारको अबसरमा आइतबार बार्सिलोनामा बिशेष सांगीतिक कार्यक्रम गर्दा माहोल यस्तै बनेको थियो । पहिलो पटक स्पेन आएका गायक प्रधानले भोलि फेरी सल्ला घारिमा, नशा भित्र नशासरी, सिरीमा सिरी जस्ता आफ्ना चर्चित गीतहरु सुनाउँदै दर्शकको मन जिते ।

कार्यक्रमकै आकर्षणको रुपमा रहेकी अर्की चर्चित पप गायिका नलिना चित्रकारले भने मौसमलाई नै बदलीदिइन् । युरोपमा बढ्दै गरेको जाडोको मौसम केहि समय भए पनि तातिएको थियो ।

nalina-chitrakar

‘पानी पानी’ बोलको गीतबाटसुरु गरेकी गायिका चित्रकारले अन्त्य तिर भने स्पेनवासी नेपालीहरुलाई मज्जैले नचाइन् । गोरी गोरी सानी मोरी, आज भन्दा हिजो राम्रो, चाहिँदैन हिरा र मोती, चन्चले बानी सम्हालिदेउ जस्ता लोकप्रिय गीतहरु साथै जनजिब्रोमा झुण्डिएका पुराना गीतहरु सुनाउँदा दर्शकले खुलेर तारिफ गरे ।

कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति पनि बेजोड रहृयो । तिहार धुनबाट सुरु भएको माहोल देउसी भैलौ, पूर्ब-पश्चिम रेल हुँदै निर जहिले रिसाउने सम्म पुग्यो ।

कार्यक्रममा नेपाली पाठशालाका बालबालिकाहरुले प्रस्तुति राख्दा दर्शकहरुले चर्को हुटिङ गरे । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकी महिला उपसंयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्पेनस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

spain-newa-samaj

समाजका अध्यक्ष निलु अवाले श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा टपरीमा नेवारी खाना पाउँदा स्पेनबासी नेपालीहरु खुशी भए ।

sanjeev-pradhan

spain-newa-samaj-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment