+
+

६० प्रतिशतले बढ्यो गाडीको ब्यापार, इन्ट्री लेभलका गाडीमा आकर्षण

कुन कम्पनीका कति गाडी बिके ?

उत्तम काप्री उत्तम काप्री
२०७३ कात्तिक २४ गते १५:४५

Cars 810
२४ कात्तिक, काठमाडौं । विगत केही वर्षदेखि नेपालमा गाडीको ब्यापार लगातार बढेको बढ्यै छ । पछिल्लो समयमा त झन निजी प्रयोजनका गाडी खरिद गर्नेको संख्या समान्यभन्दा उच्च दरमा उकालो लाग्दैछ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधि नसकिँदै बढेकोे गाडीको ब्यापारले यो तथ्यलाई पुष्टी गर्छ ।

आर्थिक वर्ष २०७३/७४ सुरु भएयता अहिलेसम्मको अवधिमा गतवर्षको सोही अवधिकोभन्दा ६० प्रतिशतले गाडीको ब्यापार बढेको नाडा अटोमोबाल्स एसोसियनशन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठ बताउँछन् । गतवर्ष अटोबजारमा ३५ प्रतिशतको वृद्धि थियो ।

उच्च वृद्धिको कारण के ?

गाडीको ब्यापर बढ्नुमा धेरै कारणहरु छन् । प्रमुखतः इन्ट्री लेभलका गाडीमा बढेको आकर्षणले नै गाडीको ब्यापार अपेक्षाभन्दा उच्च भएको व्यवसायी बताउँछन् ।

नेपालमा अहिले १४ लाख रुपैयाँदेखिका इन्ट्री लेभलका ह्याचब्यक गाडी किन्न पाइन्छ । थोरै लगानीमै गाडी चढ्नपाइने भएपछि धेरैलाई कारप्रति मोह जागेको छ ।

अटो बजारको ६० प्रतिशत हिस्सा यस्तै इन्ट्री लेभलको कारले ओगटेको नाडाले जनाएको छ । २० प्रतिशतको बजार हिस्सा एसयुभी गाडीको छ । मुख्य रुपमा अटो बजारमा ठूलो हिस्सा ओगट्ने इन्ट्री लेभलको कारको नै बिक्री बढ्दा बजारमा उत्साहजनक वृद्धि आएको नाडाका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘सहज रुपमा अटो लोन पाउनु पनि गाडमाथिको आकर्षण बढ्नुको एउटा पाटो हो’ श्रेष्ठले भने,’अघिल्लो वर्ष यही अवधिमा नाकाबन्दीले देशको अर्थतन्त्र डामाडोल थियो । भारतबाट मगाइएका गाडी पनि सीमामै रोकिएका थिए । उपभोक्ता पनि आर्थिक स्रोत पनि कमजोर हुँदा गाडी किन्ने क्रम प्रभावित थियो । यो वर्ष बजारमा उत्साह छ ।’

यसबाहेक यसवर्ष सेयर बजारमा आएको वृद्धि, घरजग्गाको बढ्दो कारोबार, नाकाबन्दीपछि उपभोक्तामा बढेको आत्मविश्वास, घट्दो दरको अटोलोन लगायतका कारण पनि बजारमा वृद्धि आएको अनुमान छ ।

cmpact suv

गाडी उत्पादक तथा बिक्रेता कम्पनीहरुले नेपालीहरुको चार्डपर्वहरुमा ल्याउने विभिन्न अफर तथा नगद छुट योजनाले पनि उपभोक्तालाई तानेको श्रेष्ठ बताउँछन् । नेपालीको आम्दानी बढेकै कारण भने गाडीको ब्यापार बढेको भन्न नसकिने श्रेष्ठको ठहर छ ।

दशैं तिहारको समय, नयाँ गाडी किन्नेहरुको लागि उचित अवसरको सिजन हो । ग्राहकको आर्कषण र पि्रमियम एसयुभी गाडीमा बढ्दो ‘क्रेज’ कै कारण नेपालमा पनि गाडीको व्यापार फस्टाउँदो छ ।

वर्षभरि विक्री हुने सवारीमध्ये ४५ प्रतिशत बुकिङ दशैं तिहारको अवसरमै हुन्छ । त्यसैले सवारी विक्री वितरकहरुका लागि बितेको सिजन ‘दशैं’ नै बन्यो । अब भने बैंक ब्याजदर पनि बढ्ने हुँदा व्यापारमा केही कमी आउने अध्यक्ष श्रेष्ठले बताए ।

विभिन्न कम्पनीले दिएको जानकारीलाई आधार मान्ने हो भने पनि अटोबजारमा उत्सहा निकै बढेको पुष्टी हुन्छ ।

महिन्द्रा
TUV 300
नेपालमा अफ रोड जीपहरुमा सबैभन्दा बढी लोकपि्रयता कमाएको महिन्द्रा बिस्तारै कार सेगमेन्टमा पनि लोकपि्रय बन्दै छ । करिव एक वर्षअधि केयूभी १०० नेपाल ल्याएको महिन्द्राले गाडीको ब्यापार राम्रो भएपछि निकै उत्साहित छ ।

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी ग्रुपले आर्थिक वर्ष २०७२/७३ मा जस्तो कुनै समस्या नहुँदा व्यापार सोचे जस्तै ब्यापार भएको जनाएको छ ।

चालु आर्थिक वर्षको अहिलेसम्म महिन्द्राका १५ सय भन्दा बढी गाडी बिक्री भइसकेको कम्पनीको दाबी छ ।
त्यस्तै १ सय वटा गाडी बुकिङ भए पनि ग्राहकलाई डेलिभरी दिन बाँकी छ ।

टाटा

TATA-TIAGO
पछिल्लो समय प्यासेन्जर भेइकलमा आक्रामक रुपले प्रस्तुत भएको टाटा मोटर्सले टियागो नेपाल ल्याएपछि आफ्नो बजारलाई अझै बलियो बनाएको छ ।

टाटाको नेपालको लागि आधिकारिक विक्रेता सिप्रदी टे्रडिङले दशैं तथा तिहारलाई लक्षित गरेर विभिन्न छुट तथा सुविधा योजना ल्याएको थियो ।

अफर योजना र चर्चित गाडी भएकै कारण पनि गत वर्षकोभन्दा टाटाको गाडी खरिद गर्नेको संख्या ५० प्रतिशतले बढेको कम्पनीका असिस्टेन्ट म्यानेजर सिजन नेपालले बताए ।

नेपालकाअनुसार साउन यता अहिलेसम्म १६ सय गाडी बिक्री भइसकेको छ भने २५० भन्दा बढी बुकिङ छ ।

डाटसन
Datsun-Redi-Go-1
डाटसन पछिल्लो समय नेपालमा ग्राहकको मन जित्न सफल गाडी हो । नेपालमा यो ब्राण्ड लोकपि्रय पनि हुँदैछ ।

डाटसन कम्पनीको गाडी नेपालको लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पका अनुसार यो आर्थिक वर्षमा मात्रै डाटसनको रेडी गो, गो प्लस र गो गरी १२ सय वटा गाडी व्यापार भइसकेको छ ।

बुकिङ गर्ने ग्राहकको संख्या अझै बढ्दो रहेको कम्पनीकी स्वेता सिलवालले बताइन् ।

हुण्डाई
Creata-final
हुण्डाई नेपालमा बिक्री हुने कारहरुमध्ये लोकपि्रय ब्राण्ड हो । हुण्डाइका गाडी नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको छ ।

नेपाली ग्राहकको मन जित्न सफल गाडी कम्पनी पनि हो । पछिल्लो समय नेपाली बजारमा हुण्डाई क्रेटा गाडीको आकर्षण लगातार बढ्दो छ । कम्पनीले विगत वर्षहरुकोभन्दा यो वर्षको व्यापार राम्रो भएको दाबी गरेको छ ।

फोर्ड
Ford Ecosport
फोर्ड पनि नेपालमा बजार हिस्सा बढाउँदै लगेको कम्पनी हो । फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता गो अटोमोबाइल्सले पनि यो वर्ष ब्यापार बढेको दाबी गरेको छ ।

गतवर्ष भारतीय नाकाबन्दीका कारण गाडी व्यापारमा केही कमी आएपनि यो वर्षको ब्यपार उत्साहजनक रहेको कम्पनी बताउँछ ।

चालु आर्थिक वर्षको अहिलेसम्म ५५० वटा गाडी बिक्री भइसकेको र २५० वटा बुकिङ लाइनमा रहेको कम्पनीको दाबी छ ।

स्याङयोङ
Ssangyong Tivoli Car
स्याङयोङले पनि बजारमा आफ्नो ब्यापार बढ्दो क्रममा रहेको बताएको छ । कोरियन ब्रान्डको यो गाडीको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस ग्रुप हो ।

कम्पनीले चालु आर्थिक वर्षको अहिलेसम्म ४० वटा गाडी व्यापार गरेको सिनियर सेल्स म्यानेजर सुदिप आर्चायले बताए । साथै अझैपनि २४ वटा गाडी बुकिङ भएर पाइपलाइनमा रहेको उनले बताए ।

किया
kia-sportage
कोरियन ब्रान्ड कियाका नेपालमा ७ विभिन्न गाडी उपलब्ध छ । कम्पनीले उपलब्ध गराउने गाडीको प्रारम्भिक मूल्य ४१ लाख ४५ हजार रुपैयाँदेखि मंहगोमा १ करोड २५ लाख रुपैयाँसम्म छ ।

किया गाडीको नेपालको लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ग्रुपका म्यानेजर कुशल श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म ८४ वटा गाडी बिक्री भइसकेको छ ।

साथै २४ वटाभन्दा गाडी बुकिङ भइ पाइपलाइनमा रहेको उनले बताए ।

सुजुकी
vitara-brezza-
मारुती सुजुकी पनि नेपालमा लगातार बजार बढाउने गाडी हो । कम्पनीका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले आर्थिक वर्ष सुरु भएलगत्तै भएको नाडा अटो शो तथा दशैं तथा तिहारमा मारुती सुजुकीको गाडी खरिदमा पनि विभिन्न छुट तथा सुविधाहरु दिएको थियो ।

कम्पनीले गाडी व्यापारको यो मूख्य सिजनमा २ हजारभन्दा बढी गाडी व्यापार गरेको दाबी गरेको छ । कम्पनीकाअनुसार आफ्नो गाडीको ब्यापार गत वर्षको सोही समयकोभन्दा ९० प्रतिशतले बढी भएको छ ।

योसँगै कम्पनीले आर्थिक वर्षको तिहारसम्म २ हजारभन्दा बढी गाडी बुकिङ भएको जनाएको छ ।

एमजी मोर्टस

MG-6
अटो नाडा शो लागि लक्षित गर्दै ब्रान्डसहित पहिलोपटक नेपालमा प्रवेश भएको हो, एमजी गाडी । एमजी गाडीलाई नेपालमा एसएलआर टे्रक्नो प्रालिले बिक्री गर्छ ।

कम्पनीकाअनुसार अहिलेसम्म ४ वटा गाडी बिक्री भएको जनाएको छ । कम्पनीले पहिलोपटक ल्याएको ६ वटा गाडी मध्ये एउटा बुकिङ भएको हो ।

होण्डा

honda-brv
होण्डा पनि नेपालमा रुचाइएको अटो ब्राण्ड हो । होण्डा गाडीलाई नेपालको लागि आधिकारिक बिक्रेता स्याकार टे्रडिङ कम्पनीले विक्री वितरण गरिरहेको छ ।

कम्पनीका सिनियर म्यानेजर सोनी श्रेष्ठकाअनुसार आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म होण्डाका १ सय ५ वटा विभिन्न भेरियन्ट र मोडलको गाडी व्यापार भइसकेको छ ।

कम्पनीकाअनुसार अझै पनि २० वटाभन्दा बढी गाडी बुकिङमा छन् । विगतका वर्षहरुमा भन्दा यो वर्षको व्यापार राम्रो भएको श्रेष्ठको दाबी छ ।

होण्डाको ७ सिटको प्रिमियम एसयुभी गाडीले ग्राहकको मन जित्न सफल भएको श्रेष्ठले बताइन् ।

भक्सवागन
volkswagen-polo-final
भक्सवागन गाडीले पनि नेपालमा विस्तारै प्रभाव बढाउँदै लगेको छ । आधिकारिक विक्रेता पुजा इन्टरनेशनल नेपाल प्रालिले पनि दशैं तथा तिहारको अवसरमा आफ्ना ग्राहकका लागि नगद तथा विशेष अफर योजना ल्याएको थियो ।

अफर र बम्फर योजना कै कारण पनि भक्सवागन गाडीले ग्राहकको मन जित्न सफल भएको उसको दावी छ । आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म ३ सयभन्दा बढी गाडी व्यापार गरेको कम्पनीका म्यानेजर किरण श्रेष्ठको दाबी छ । अहिले ७० वटाभन्दा बढी गाडी बुकिङमा रहेको श्रेष्ठले बताए ।

निशान
nissan
निशानले पनि यो वर्ष अघिल्ला वर्षहरुमाभन्दा राम्रो ब्यापार गरिरहेको छ । दुगड ब्रदर्श एण्ड सन्सले निशानले पनि दशैं तथा तिहारमा विभिन्न किसिमका आर्कषक अफर ल्याएको थियो ।

गत वर्षको भन्दा चालु आर्थिक वर्षमा व्यापार उत्साहजनक रहेको कम्पनी सेल्स म्याानेजर सचिन अर्यालले बताउँछन् ।
उनकाअनुसार चालु आार्थिक वर्षको अहिलेसम्म निशान कम्पनीका १ सय ७७ वटा गाडी बिक्री भइसकेको छ भने ७७ वटा अझै बुकिङ ग्राहकलाई दिन बाँकी छ ।

रेनल्ट
REANULT-DUSTER
नेपालमा रेनल्ट गाडीप्रवेश भएको लामो समय भएको छैन । तर, रेनल्टले पनि बजारमा चर्चा बटुल्न थालेको छ । रेनल्टले दशैं अघिका भएको नाडा अटो-शोबाटै आफ्नो ब्राण्ड नेपालमा सार्वजनिक गरेको हो ।

भर्खरै नेपाल प्रवेश भएको रेनल्टका क्वीड र डस्टर गाडी लोकप्रिय हुँदै छन् । नाडा अटो-शो तथा दशैं तिहारमा ल्याइएको नगद छुट र बम्पर अफर योजनाकै कारण आफ्नो व्यापार राम्रो भएको दाबी एन्डभान्स अटोमोबाइल्स प्रालिले गरेको छ । रेनल्टले अहिलेसम्म २५० वटाभन्दा बढी गाडी बिक्री गरेको दाबी छ ।

कम्पनीकाअनुसार अझै १ हजार गाडी बुकिङ भइसकेको छ । बुकिङ गाडी पनि १० देखि १५ दिन भित्रै ग्राहकले पाउने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?