+
+

सुतेको समयमा स्वास फेर्न समेत बिर्सिन्छिन् यी बालिका

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २३ गते २२:४०

babyमानिसले चाहे जतिसुकै महत्वपूर्ण कामहरु गर्न किन नभुलोस् तर स्वास फेर्न भने नमरुन्जेल बिर्सिँदैन । तर यो दुनियामा एकजना यस्ती बालिका छिन् जसले साँच्चिकी स्वास फेर्न पनि भुल्छिन् । बेलायतको डेरहाममा बस्ने माइकल र काइली राम दम्पतिकी छोरी फ्यालिसिटी राम नामकी ती बालिकाले राति सुतिसकेपछि बेला बेलामा स्वास फेर्न भुल्छिन् ।

बिचरा ती बालिकाकी आमाको रातिको काम भनेको छोरीको निगरानी गरिरहनु नै हो, ता की छोरीले स्वास फेर्न नरोकुन् र लगातार स्वास फेरिरहुन् । यदि स्वास फेर्न रोकियो भने त बच्चीको ज्यानै जाने खतरा हुन्छ ।

ती बच्चीको स्वास फेर्न भुल्ने समस्यालाई चिकित्साको भाषामा अब्स्ट्रक्टिभ स्लीप एपनिया भनिन्छ । डाक्टरहरुका अनुसार यो रोग भएका बालबालिकामा सुतेको समयमा घाँटी फुल्दछ । जसका कारण स्वासनली संकुचित हुन्छ र स्वास बन्द हुन जान्छ ।

जब सुतेको समयमा यी बच्चीको स्वास बन्द हुन्छ तब उनकी आमा कायलीले कृत्रिम स्वासप्रस्वासको माध्यमबाट छोरीको स्वास प्रस्वासलाई पुनः सुचारु ग्र्दछिन् । रातभरमा कम्तिमा २० पटक ती बच्चीको स्वास रोकिन्छ ।

बालिका सानो उमेरकी भएको हुँदा उनलाई नियमित रुपमा स्वासप्रस्वास गराउने मेसिन प्रत्यारोपण गर्न पनि सकिएको छैन र अहिलेसम्म डाक्टरहरुले कृत्रिम स्वासप्रस्वासको प्राथमिक उपचार विधि लगायतका तरिकाहरुमै केन्द्रित भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?