+
+

प्रियंकाले दिइन पुरानो डुंगा हेर्ने निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २४ गते ११:०५

Priyanka Karki (5)कामठमाडौं । अभिनेत्री प्रियंका कार्कीले चलचित्र पुरानो डुंगाको ट्रेलर आफ्नो बुबालाई मन परेको भन्दै आम दर्शकलाई फिल्म हेर्न हलमा आउन आग्रह गरेकी छिन् । ‘मेरो बाबालाई पनि फिल्मको ट्रेलर मन पर्यो रे हलमै आएर फिल्म हेर्छु भन्नु भएको छ तपाइहरु पनिआउनुस् है’ मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा भनिन् ।

चलचित्रको प्रचार प्रसार सुरु गरेको औपचारिक घोषणा गर्दै फिल्म निर्माण समुहले काठमाडौंमा कार्यक्रम गरेर सोही चलचित्रको ‘माझी’बोलको गीत सार्वजनिक गर्‍यो ।

रामबाबु गुरुङ निर्देशित पुरानो डुंगामा प्रियंका, दयाहाङ राई, माओत्से गुरुङ, मेनुका प्रधानलगायतले अभिनय गरेका छन् । फिल्मवारे टिप्पणी गर्दै दयाहाङले राम्रो फिल्मबनेको भन्दै हेरेर प्रतिक्रिया दिन आग्रह गरे । सोही कार्यक्रममा निर्देशक गुरुङले पुरानो डुंगा आफुले बनाउनचाहे जस्तै भएको प्रतिक्रिया दिए ।

यसअघि कबड्डी कबड्डी बनाएका गुरुङको ‘पुरानो डुंगा’ डुंगा चलाएर जीबीकोपार्जन गर्ने दुई दाजुभाईको कथाहो । आउँदो मंसिर १० गते रिलिजहुने उक्त चलचित्रमा कालीप्रसाद बास्कोटाको शब्द संगीत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?