+
+

वैदेशिक लगानीको सम्भावनाबारे अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २४ गते १४:००

foriegn-investment-baideshi
२३ कात्तिक, काठमाडौं । नेपालमा वैदेशिक लगानीको वातावरण सहज नबनाए आर्थिक उन्नती गर्न नसकिने सरोकारवालाहरुले औंल्याएका छन् ।

बुधबार आर्थिक पत्रकार संघ सेजनले नेपालमा वैदेशिक लगानीको संभावनाका बारेमा गरेको अन्तरक्रियाका सहभागीहरुले नेपालमा वैदेशिक लगानी नआएसम्म आर्थिक विकास हुन नसक्ने धारणा राखेका हुन् ।

कार्यक्रममा उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले नेपालमा वैदेशिक लगानी भित्रिएपनि सार्क राष्ट्रहरुको तुलनामा पर्याप्त नभएको बताऐ । उनले एउटै निकायबाट अनुगमन गर्ने संयन्त्र बनाए वैदेशिक लगानी भित्राउन सहज हुने धारणा राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले वैदेशिक लगानी भित्रिने वातावरण बने मुलुकले आर्थिक उन्नती गर्ने बताए ।

उनले राजनीतिक कारणले गत आर्थिक वर्षमा अपेक्षा अनुसार वैदेसिक लगानी नभित्रिए पनि वैदेशिक लगानीले प्रविधि पनि आउने भएकाले जनशक्ति व्यवस्थापनमा सहज हुने धारणा राखे ।

उनले आर्थिक समृद्धिको विकल्प नभएपनि संविधान जारी भएको दुई वर्ष हुन लाग्दा पनि वैदेसिक लगानीको वातावरण राम्रा नहुनु दुखद भएको बताए ।

बर्जर जोनसोन र निकल्सन प्रालिका निर्देशक साइबाल घोषले नेपाली उत्पादनका लागत मुल्य बढी भएकाले अन्तर्राष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?