Comments Add Comment

विज्ञापनको भेदभावमा फेसबुक विरुद्ध मुद्दा

facebookहाउजिंग र रोजगारी सम्बन्धी विज्ञापनमा भेदभाव गरेको अभियोगमा फेसबुकविरुद्ध मुद्दा परेको छ ।

फेसबुकमा उक्त विज्ञापनमा रहेको इथ्निक एफिनिटी अर्थात् जातिय रुझान नामक अप्सन जातिय रुपमा विभेदपूर्ण रहेको भन्दै फेसबुक प्रयोगकर्ताको एक समूहले फेसबुक विरुद्ध मुद्दा हालेको हो ।

यसले कतिपय जनसांख्यिक समुदायलाई संलग्न नगरेको र कतिपयलाई विशेष गरी लक्षित गरेर भेदभाव गरेको आरोप फेसबुकमाथि लागेको छ ।

तर फेसबुकले भने आफु विरुद्धको यस्तो दाबीमा कुनै तुक नरहेको भन्दै कडा रुपमा प्रतिवाद गर्ने जनाएको छ ।
अमेरिकाको नर्दन क्यालिफोर्नियास्थित अदालतमा सुजेन जुलिएट मोबल सहितका फेसबुक प्रयोगकर्ताले फेसबुक विरुद्ध मुद्दा दर्ता गरेका छन् । साथै जात, लिंग, राष्ट्रियता र अन्य संरक्षित विशेषताको आधारमा फेसबुकको विज्ञापन प्लाटफर्ममार्फत विभेद गरेको भन्दै अन्य ९ हजार ९ सय ९९ वटा विज्ञापनदाता विरुद्ध पनि मुद्दा हालिएको छ ।

फेसबुकको विज्ञापन प्लाटफर्ममा विज्ञापनदाताले आफ्नो इच्छा अनुसार कसलाई विज्ञापन देखाउने र कसलाई उक्त विज्ञापन हेर्न नदिने भनी निर्धारण गर्न सक्दछन् । यस्तो कार्य निष्पक्ष हाउजिंग ऐन तथा नागरिक अधिकार ऐनको विरुद्धमा रहेको दाबी गरिएको छ ।

फेसबुकको विज्ञापन फिचरमा गोरा तथा ककेसियन अमेरिकीलाई ब्लक गर्न सकिने कुनै अप्सन नरहेको र अरुलाई भने विज्ञापनदाताले छानी छानी ब्लक गर्न सक्ने व्यवस्था रहेको भन्दै यो सरासर जातिय विभेद रहेको दाबी अदालतमा हालिएको १४ पेज लामो मुद्दाको निवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment