Comments Add Comment

कमल थापा भन्छन्- राजतन्त्रको नारा त्यागेका छैनौं

Kamal-Thapa
२५ कात्तिक, अर्घाखाँची । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले राजतन्त्रको नारा नत्यागेको बताएका छन् ।

विहीबार रिपोर्टर्स क्लब अर्घाखाँचीले आयोजना गरेको साक्षात्कारमा थापाले भने, ‘राप्रपा नेपालले पार्टीले राजतन्त्रको नारा त्यागेको छैन । हाम्रो पालो आउनासाथ त्यसलाई निरन्तरता दिन्छौं ।’

दुई तिहाईले पेलेर गएकाले अहिले पार्टीको एजेण्डा ओझेलमा परेको उनले दाबी गरे ।

राप्रपा नेपालका नेताहरुले संविधान संशोधन गर्ने भए राजतन्त्र पनि राख्नुपर्ने अभिव्यक्ति दिने गरेका छन् । अध्यक्ष थापाले त्यसबारे सार्बजनिक रुपमा नबोले पनि धर्म निरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र राख्नुपर्ने बताउँदै आएका छन् ।

साक्षात्कारमा थापाले नेपालका राजनीतिक दलहरु संविधान कार्यान्वयन गर्नुभन्दा सरकार बनाउने र गिराउने खेलमा लागेको बताए ।
संविधान संशोधनमार्फत् मधेस केन्द्रित दलका माग सम्बोधन गर्नुपर्ने भए पनि उनले अंगीकृत नागरिकताको विषय स्वीकार्न नसकिने स्पष्ट पारे ।
उनले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको बारेमा उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने बताए ।

– गणेश खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment