Comments Add Comment

सुन तोलाको ४ सय रुपैयाँ सस्तो

gold-sun-chadi
२६ कात्तिक, काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँले सस्तो भएको छ । हिजो १४ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो ।

आज सुन प्रतितोला ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको ५६ हजार ८ सय रुपैयाँ थियो ।

बुधबार भने सुन एकैपटक १३ सय रुपैयाँले महंगो भएको थियो । सुनको भाउ आज फेरि तोलको २० रुपैयाँले बढेर ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment