+

महिला र यू-१९ एसिया कपमा नेपाली टोली छान्ने जिम्मा प्रशिक्षकलाई

२०७३ कात्तिक  २६ गते १५:४३ २०७३ कात्तिक २६ गते १५:४३
महिला र यू-१९ एसिया कपमा नेपाली टोली छान्ने जिम्मा प्रशिक्षकलाई

Womens-Cricket-Nepal

२६ कात्तिक, काठमाडौं । एसियाली क्रिकेट परिषद् (एसीसी) ले नेपालले आईसीसीकै मोडलमा काम गर्ने भएको छ ।

एसीसीले श्रीलंकाका कार्यालय स्थापना गर्ने क्रममा बसेको बैठकमा नेपालको निर्वाचित क्यानका पदाधिकारीहरुलाई सहभागी गराएको थियो । र, निर्वाचित क्यानले आफूलाई मान्यता दिनु पर्ने र नेपाली टोलीको छनौट आफूले गर्न पाउनु पर्ने माग गरेको थियो ।

श्रीलंकामा कार्यालय खोलेपछि एसीसीले महिला एसिया कप र यू-१९ एसिया कप प्रतियोगिता आयोजना गर्दैछ । र, दुबै प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदैछ ।

तर, तयारी कसले गराउने भन्ने अन्यौल थियो । निर्वाचित क्यानले आफूले मान्यता पाउनु पर्ने भन्दै लबिङ गरेको थियो राष्ट्रय खेलकुद परिषद् राखेपको पनि दाबी थियो ।

एसीसीले चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित क्यान र राखेप दुबैलाई खेलाडी छनौटको जिम्मा दिन मानेन ।

एसीसीले केही दिनअघि सबै पक्षलाई पत्र पठाएको छ र, आईसीसीको निलम्बन रहेको अवस्थामा कुनै एउटा पक्षलाई मान्यता दिन नसकिने बताएको छ । साथै उसले आफ्नो प्रतियोगिताहरुमा नेपालको सहभागिताका लागि आईसीसीकै मोडलमा अपनाउने बताएको छ ।

एसीसीले खेलाडी छनौटका लागि राष्ट्रिय प्रशिक्षक जगत टमाटाका साथै सम्वन्धित टिमका प्रशिक्षक र कप्तानलाई तोकेको छ भने सल्लाहकारमा राजु बैंकटपतिलाई राखेको छ ।

साथै नेपालमा व्यवस्थापनको जिम्मा क्यानकी पूर्व कार्यकारी अधिकृत भावना घिमिरेलाई तोकेको छ ।

आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको छ तर, अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भने नेपाललाई सहभागी हुन दिएको छ । अन्तराष्ट्रिय खेलमा सहभागी हुने टोली छनौटमा आसीसीको संलग्नता छ भने खर्च पनि आफैंले दिने गरेको छ ।

एसीसीको पछिल्लो पत्रपछि एसिया कपका लागि नेपाली महिला टोलीले बन्द प्रशिक्षण सुरु गरेको छ । महिला एसिया कप नोभेम्बर १७ देखि थाइल्याण्डमा हुँदैछ भने यू-१९ एसिया कप डिसेम्बर १० देखि २२ सम्म श्रीलंकामा आयोजना हुँदैछ ।

नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय