+
+

निर्वाचन क्षेत्र पूर्वाधारको आयोजना छान्ने म्याद एक महिना थपियो

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २९ गते ११:००

ministery-of-local-development, Sthaniya Bikas

२९ कात्तिक, काठमाडौं । स्थानीय विकास मन्त्रालयले सांसदहरुका लागि निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रमको योजना छनौट गर्ने समयसिमा एक महिना बढाएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रम नियमावली अनुसार कात्तिक मसान्तभित्र आयोजना छनौट गरिसक्नुपर्ने व्यवस्था गरेको थियो ।

सांसदहरुले क्षेत्र पूर्वाधार विकासका लागि आएको बजेट कात्तिक मसान्तभित्र आयोजना छनौट गरेर जिल्ला विकास समितिलाई बुझाउनु पर्ने व्यवस्था छ ।

नियमावली अनुसार सांसदहरुले यस्तो आयोजनाको सूची बुझाउन नसकेपछि मन्त्रीस्तरको निर्णय गरी स्थानीय विकास मन्त्री हितराज पाण्डेले समयावधि एक महिना बढाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?