+
+
Shares

साइप्रसमा रहेका नेपालीको समस्याबारे दूतावासलार्इ ध्यानाकर्षण

बसन्त रानाभाट बसन्त रानाभाट
२०७३ कात्तिक २९ गते १४:०९

बार्सिलोना । साइप्रसमा घरेलु कामका लागि नेपाली महिला कामदारहरुको समस्या दिन प्रतिदिन बढ्दै गएपछि एनआरएनए साइप्रसले नेपाल सरकारको ध्यानआकार्षण गराएको छ ।

nrn-cyprusनेपालका मेनपावर कम्पनीहरुले झुटो आश्वासन दिँदै साइप्रसमा कामदार पठाउने तर यता आएपछि दिनानुदिन समस्यामा बढेपछि संघले सरकारको ध्यानाकार्षण गराएको हो ।

नेपालका मेनपावर कम्पनीहरुले ४ देखि ५ लाख रुपैयाँसम्म असुल गरी ठगी गरेको पीडितहरुको गुनासो बढेपछि संघले नेपाल सरकारलाई चासो देखाएर गम्भीर हुन अनुरोध गरेको छ । यस्तै घरेलु काममा रहेका महिलाहरु माथि रोजगारदाताले दुर्व्यबहार गरेको घटनाहरु सार्वजनिक भइरहेकाले यसतर्फ गम्भीर हुन पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपालको म्यानपावर कम्पनीहरुले भाषा र कामको बारेमा सामान्य जानकारी पनि नगराई अन्धाधुन्ध तरिकाले पठाउने गरेको, रोजगारदाताले विभिन्न लान्छना लगाइ बिनाकसुर सजायको भागिदार बनाउने घटनाहरु पनि भेटिएको संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

यस्तै पासपोर्ट र भिसा कार्ड कामदारलाई नदिइ एजेन्ट वा मालिकले नै राखी दिने, सम्झौता पत्रमा तोकिएको समय वा निश्चित घर भन्दा अन्य ठाउँहरुमा पनि लगेर काम लगाइदिने, प्रत्येक महिनामा बुझाएको सोसल इन्सुरेन्सको रकम अन्त्यमा -काम छाड्ने बेलामा) नपाउने वा नदिने गरेको पनि संघले बिज्ञप्तिमा लेखेको छ ।

नेपाली अवैतनिक बाणिज्य दूताबासको कार्यालय, निकोसियामा शनिवार सम्पन्न अन्तरक्रियामा संघका अध्यक्ष सुबास मल्लले इजरायलस्थित नेपाली दूताबासबाट आएका प्रथम सचिब हरिहरकान्त पौडेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम नेपाली अवैतानिक बाणिज्य दूत डा .राम जीवन पञ्जियार, एनआरएन आइसीसी सदस्य रञ्जित कुमार महतो, दूताबास सहचारी भोज कुमार भट्टराई लगायत साईप्रस स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?