Comments Add Comment

काठमाडौं र ललितपुरका पाँच स्वास्थ्य संस्थामा सिलबन्दी

LOCKED

 

२९ कात्तिक, काठमाडौं । नियमविपरित सञ्चालित काठमाडौं र ललितपुरका पाँच स्वास्थ्य संस्थाहरूमा सरकारी अनुगमन टोलीले सिलबन्दी गरेको छ ।

काठमाडौं र ललितपुरका ३४ ओटा क्लिनीक तथा फार्मेसीहरुमा सोमबार अनुगमन गरिएको थियो । तिमध्ये प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका काठमाडौंका चार र ललितपुरको एउटा क्लिनिकमा सिलबन्दी गरिएको छ ।

स्वास्थ्य सेवा विभागका डा. हेमन्त ओझा नेतृत्वको टोलीले दर्ता नै नभएका बानेश्वरदेखि कोटेश्वरसम्म रहेका जागरण क्लिनीक, एसआरडी डाइनोष्टीक, लोकसेवा डेण्टल क्लिनीक र अपी डेण्टल क्लिनीकमा सिलबन्दी गरेको हो ।

विराज डेण्टलले भने बैधता सम्वन्धी कागजपत्र माग्दा केहीबेरमा ल्याउँछु भनेर भागेकाले भोलि फेरि माग्न जाने र नभएमा तालाबन्दी गरिने डा. ओझाले बताए ।

त्यसैगरी ललितपुरमा स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले जाउलाखेलमा रहेको गुहेश्वरी डेण्टल मल्टी स्पेर्यालीटीमा तालाबन्दी गरिदिएको छ । दर्ता नै नभईकन सञ्चालन भएको पाइएकाले तालाबन्दी गरिदिइएको अनुगमन टोलीका सदस्य तथा स्वास्थ्य मन्त्रालयका उपसचिव डा. भवनाथ खतिवडाले जानकारी दिए ।

टोलीले ललितपुरको जाउलाखेलमा रहेका नेश्नल हस्पीटल एण्ड रिसर्च सेण्टर, नेश्नल फार्मेसी, अप्टीकल नेपाल, हाम्रो डेण्टल क्लिनीक, द बेष्ट अप्टीकल, बेष्ट अल्का अप्टीकल, सामना फार्मेसी, रासा मेडिको प्राली, विद्या अल्का फार्मेसी, अल्का अस्पताल प्राली, सिम्रीक डेण्टल क्लिनीक, आशिष फार्मेसी, सुमेरु अस्पताल, लेजर थेरापी क्लिनीक, सुप्रिती फार्मेसी र वनयुरा फार्मेसीमा अनुगमन गरेको डा. खतिवडाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment