+

सोलिडारिटी कपः नेपालको लक्ष्य उपाधिमा हृयाट्रिक

२०७३ कात्तिक  २९ गते १९:१८ २०७३ कात्तिक २९ गते १९:१८
सोलिडारिटी कपः नेपालको लक्ष्य उपाधिमा हृयाट्रिक

nepali-football-team

२९ कात्तिक, काठमाडौं । एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउको सामना गर्न नेपाल तयार भएको छ । फाइनल खेल भोलि मंगलबार मलेसियाको कुन्चिङमा हुनेछ ।

र, नेपाल मकाउलाई हराएर एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको पहिलो उपाधि उचाल्ने दाउमा छ ।

साथै लगातार सात खेलमा अपराजित नेपाल एकै क्यालेन्डर इयरमा उपाधिमा हृयाट्रिक गर्न चाहन्छ ।

नेपालले बङ्घबन्धु कपसँगै साग फुटबलको उपाधि जितेको थियो ।

नेपाल र मकाउबीच अहिलेसम्म पाँच भेट भएको छ । जसमध्ये तीन खेलमा नेपाल विजयी भएको छ भने एक खेल मकाउले जितेको छ । एक खेल भने बराबरीमा सकिएको छ । सबै खेलमा गर्दा नेपालले १५ गोल गर्दा सात गोल खाएको छ ।

bimal-ghartimagarखेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक कोजीले नेपालको लक्ष्य उपाधि भएको बताए ।

टोलीका हरेक सदस्यले कडा मेहेनत गरेको भन्दै उनले भने, ‘हामी यहाँ उपाधि जित्न आएका हौं र हामी भोलि त्यो नतिजा निकाल्छौं ।’

मकाउसँग प्रतियोगिताकै सर्वाधिक गोलकर्ता निकोलस टोराओ रहेको भन्दै उनले उपाधि जित्ने हो भने नेपालले उनलाई रोक्नु पर्ने बताए ।’

उनले अघि भने, ‘तर, हामी यो खेल जित्छौं । उनीहरुको आक्रमणलाई रोक्दै ९० मिनेटमा नै जित निकाल्ने प्रयास हुन्छ ।’

मकाउका प्रशिक्षकले आफूहरुको लक्ष्य सेमिफाइनलसम्म मात्र भएकाले भोलि दबावविना खेल्ने बताए । फाइनल आफूहरुका लागि बोनस जस्तै भएको तर, उपाधिकै लागि खेल्ने उनले बताए ।

यदि नेपाललाई फाइनलमा हराउन सक्यो भने मकाउलाई फुटबलमा ठूलो उपलब्धि हुने उनले बताए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय