३० कात्तिक, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले दुई सचिवका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।
मन्त्रालयले कृषि तथा वन सेवा समूहमा एक जना र प्रशासन सेवा समूहमा १ जना सचिव नियुक्तिका लागि ४ सहसचिवलाई सिफारिस गरेको हो ।
कृषि तथा वन सेवा समूह अन्तर्गतको सचिव पदका लागि सहसचिव अन्नपूर्णनन्द दासको नाम सिफारिस गरेको छ । दासलाई बरिष्ठताका आधारमा १ नम्बरमा सचिवमा बढुवा गर्न सिफारिस गरिएको हो ।
उनी २०६४ असोज ३० मा सहसचिवमा बढुवा भएका थिए । उनले २०७३ पुस ३० गते स्वत अवकास पाउँदैछन् ।
यस्तै प्रशासन सेवा समूहमा एक जना सचिव नियुक्तका लागि तीन जनाको नाम प्रस्ताव भएको छ । प्रस्तावित तीन जना सहसचिवहरुमा कृष्णप्रसाद देवकोटा, वेगेन्द्र प्रसाद पौडेल र शिशिर ढुंगाना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4