Comments Add Comment

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

pm-prachanda-with-chinese-ambassador

३० कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत यु होङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छन् ।

मंगलबार बेलुका बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र चीनबीच विगतदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भन्दै होङको कार्यकाल पूर्ण रुपमा सफल हुने विश्वास व्यक्त गरका छन् ।प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपालको पूनर्निर्माण र विकासमा प्राप्त चीनियाँ सहयोगका लागि धन्यवाद दिएको उनको निजी सचिवालयले जनाएको छ ।

भेटमा चिनियाँ राजदूत होङले आफ्नो कार्यकाल नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ गर्नमा केन्द्रित रहने बताएकी छन् ।

प्रधानमन्त्री र राजदूत होङबीच चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment