Comments Add Comment

बद्री पंगेनीले गीत गाउँदा दर्शकको आँखामा आँसु

badri

नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको पाँचौं दिन सोमबार बद्री पंगेनी मुख्य आकर्षकको रुपमा रहे । कार्यक्रमकको प्रमुख अतिथि समेत रहेका गायक बद्रीले आफ्नो प्रस्तुतीको पहिलो गीत गाउँदा उपस्थित दर्शकका आँखा रसाए । लाउ चेली सिन्दुर लाउ बोलको गीत गाउँदा उपस्थित दर्शकहरु मध्ये बृद्धहरु धुरुधुरु रोएको देखिन्थ्यो ।

स्टेज तल झरेर बृद्ध आमाबुबाको आँसु पुच्छै गीत गाउँदा बद्री पंगेनी स्वयमले पनि आँसु झारेका थिए । नेपाली युवाहरु बिदेशीनु परेको पीडा र घरमा बुढा आमा बुबा एक्लै हुँदाको पीडालाई गीत मार्फत सुनाउँदा उपस्थित सबैको आँखा रसाएको थियो । साथै ब्रदीले रुवाउनुको साथै दर्शकलाई नँचाएर पनि गए । आधा दर्जन गीतहरु गाएका बद्रीले ‘रातो पछेउरी’, ‘ससुरालीमा’ लगायतका गीतमा छमछमी नँचाएका पनि थिए ।

बद्रीको साथै गायक रमेशराज भट्टराई, दिपक खड्का, गायिका उमा गिरी, हाँस्य कलाकार दिपक थापाको पनि बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रमको अन्तिमा गायिका उमा गिरी र गायक बद्री पंगेनीको दोहोरीमा पनि दर्शकहरु खुबै नाँचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment