Comments Add Comment

सलमान र शाहरुख एकसाथ नदेखिने

salman sharukh  1

बलिउडका प्रतिस्पर्धि हिरोहरु शाहरुख खान र सलमान खानबीचमा सम्वन्ध भारतीय मिडियाहरुमा सँधै चर्चाको विषय बन्ने गर्छ । पछिल्लो समय दुवै हिरोलाई चाँडै एउटै फिल्ममा हेर्न पाइने चर्चा चुलिएको थियो । तर यो झुटो ठहरिएको छ ।

कविर खान निर्देशित र सलमान अभिनित फिल्म ट्युवलाइटमा शाहरुखले केमियो गर्न लागेको चर्चा थियो । तर निर्देशक खानले यो सत्य नभएको प्रष्टिकरण दिएका छन् । उनले मिडियासँग भने, ‘यो केवल अफवाह हो, त्यस्तो केही भएको भए हामी जानकारी गराइहाल्थेउँ ।’

त्यसो त सलमान र शाहरुखले विगतमा सँगै काम नगरेका होइनन् । उनीहरु करण अर्जुन, कुछकुछ होता है, हम तुम्हारे है सनम र दुश्मन दुनियाकामा सँगै देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment