Comments Add Comment

संविधान संशोधनका लागि एमाले र मधेसी मोर्चाले हठ छोड्नुपर्छः पौडेल

Ramchandra Paudel३ मंसिर, पर्सा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै अहिलेको प्रमुख राष्ट्रिय कार्यभार भएको बताएका छन् ।

कांग्रेस पर्साले  आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पाैडेलले  संविधान कार्यान्वयनका लागि मुलुकमा स्थानीय तहको निर्वाचन हुनु अपरिहार्य रहेको बताए । उनले  निर्वाचनको वातावरण बनाउन संविधान संशोधन गर्नुपर्ने बताए । उनले भने ‘संविधान संशोधनका लागि एमाले र मधेसी मोर्चा दुबैले आ–आफ्नो हठ छोड्नुपर्छ ।’

नेता पौडेलले चैत महिनासम्म स्थानीय तहको निर्वाचन सम्पन्न नभए प्राप्त भएको सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र नै गुमिन सक्ने खतरा रहेको उल्लेखगर्दै एतिहासिक जनआन्दोलनवाट प्राप्त भएका उपलब्धिको रक्षा गर्नका लागि भए पनि एमाले र मधेसी मोर्चालाई संविधान संशोधनका बिषयमा लचिलो हुन आग्रह गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंहको आडमा भ्रष्टाचारलाई नियन्त्रण गर्न निर्माण गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै समाप्त पार्न नहुने बताउँदै उनले प्रमुख आयुक्त कार्कीको विषय संसदमा रहेको र संसद्ले छानबिन गरी दोषी ठहर भए उनलाई प्रचलित कानुन बमोजिम दण्ड गर्न सकिन्छ तर त्यसैको आडमा अख्तियारलाई समाप्त पार्न खाजें मुलुकमा भ्रष्टाचार झन बढेर जाने भएकाले यसतर्फ सबै सम्बेदनशील हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment