Comments Add Comment

उखुको मूल्य अझै निर्धारण भएन, किसान चिन्तित

३ मंसिर, नवलपरासी । यस बर्षको उखुको मूल्य अझै पनि निर्धारण हुन सकेको छैन । मंसिर पहिलो साताबाट अर्थात अबको केही दिनबाट उखु क्रसिङ्ग सुरु गर्नुपर्ने तयारीमा रहेका किसानहरु मूल्य निर्धारण नभएपछि चिन्तित छन् ।

Sugarcan-Ukhuघरमा पैसा अत्यावश्यक भएका केही किसानहरुले सस्तोमा भेली उद्योगहरुलाई उखु बिक्री समेत गर्न थालेका छन् । भेली उद्योगलाई उखु बेच्दा किसानहरुले सस्तोमा उखु बेच्न बाध्य हुने गर्दछन् । नवलपरासीमा २ सय बढी भेली उद्योगहरु रहेका छन् ।

अहिले भेली उद्योगहरुले किसानहरुसँग प्रतिक्विन्टल ३ सय ८० रुपैयांदेखि ४ सय रुपैयाँको दरले उखु खरिद गरेका छन् ।

गत बर्ष उखुको मूल्य प्रतिक्विन्टल ४ सय ४८ रुपैयाँ थियो । यस बर्ष उखु किसान महासंघले प्रतिक्विन्टल ५ सय ६१ रुपैयाँ हुनुपर्ने माग राखेको छ ।

चिनी मिल सञ्चालकहरुले भने चार सय ९२ रुपैयाँमात्र दिन सक्ने जनाएका उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।

यादवका अनुसार करिब दुई साता अघि मूल्य निर्धारण गर्ने उद्देश्यले किसान महासंघ र चिनी उद्योगीबीच बसेको बैठक निष्कर्षविहीन भएको थियो । केही दिन पछि उखुको मूल्य निर्धारण गर्न पुनः बैठक बस्ने तयारी रहेको उनले बताए ।

नवलपरासीमा चारवटा चिनी मिल छन् । तीमध्ये तीनवटा चिनी कारखानाले मात्र गत बर्ष उखु क्रसिङ गरेको थियो ।

सुनवल चिनी कारखाना, इन्दिरा सुगर मिल र बागमती खाडसरी मिलले गत बर्ष उखु क्रसिङ्ग गरेको थियो भने मोहिनी सुगर मिलले एक बर्ष उत्पादन गरेपनि गत बर्ष भने उत्पादन गरेको थिएन ।

हरेक बर्ष उखुको मूल्य निर्धारण हुन ढिलो हुने गरेका कारण किसानहरुको उखु खेतीप्रति आकर्षण घटिरहेको छ । जसले गर्दा बर्षेनी उखु खेती हुने क्षेत्रफल र उखु उत्पादन समेत घट्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment