+
+

३६ नेपाली भारतीय बनेर सेनामा भर्ना भएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३ गते १५:२९

३ मंसिर, काठमाडौं । भारतीय नागरिकले झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको घटना त सार्वजनिक हुँदै आएको हो ।Indian-Army

तर, नेपालीहरुले भारतीय नागरिक भन्दै भारतीय सेनामा जागिर खाएको भारतीय अधिकारीहरुले दाबी गरेका छन् । र, यो संख्या ३६ रहेको उनीहरुको दाबी छ ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार नेपालीलाई भारतीय नागरिकता दिलाउन सहयोग गरेका चार जनालाई स्पेशल टास्क फोर्सले बुधबार राति पक्राउ गरेको छ । उनीहरुले लखउनको कर विभागका अधिकारीहरुसँग मिलेर उत्तरप्रदेशमा अनाधिकृत रुपमा भर्ती केन्द्र नै सञ्चालन गरेको समाचारमा उल्लेख छ ।

पक्राउ पर्नेमा कर कार्यालयमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत अश्विन मौर्य पनि छन् । लखनउको एउटा प्राइभेट क्लबमा १० वर्षदेखि काम गर्दै आएका नेपालका सन्दिप थापासँगै मिलन थापा तथा भारतका अनिल श्रीवास्तव पनि पक्राउ परेका छन् ।

यो प्रकरणमा विभागै मजर नाम गरेका भारतीय र समिर सिंहको नाम पनि जोडिएको छ, जसले सर्जमिन गरेका थिए ।

यसको योजनाकार भने प्रकाश थापा भएको स्पेशल टास्क फोर्सका एसपी एस आनन्दले बताए । करिव ४० वर्षका उनी नेपाली सेनाको गुप्तचर विभागमा काम गरेको र पछि हटाइएको उनले दाबी गरे । २०१३ देखि आउजाउ गरेका उनली निलमठमा बस्दै आएका छन् ।

उनले भने, संग्दिध ३६ जनाले ७ देखि १० लाख भारु घुस खुवाएको अनुसन्धानले देखाएको छ ।

लखनउका एक आर्मी अफिसरका अनुसार भारतमा कुनै पनि व्यक्तिलाई सैनिक सेवामा भर्ना गर्दा शैक्षिक प्रमाण पत्र र कर तिरको प्रमाण पत्र देखिन्छ । तर, संग्दिधहरुले कर र शैक्षिक विभागमा सेटिङ मिलाएर सेनामा भर्ती भएको हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?