+
+

जब बेलायतमा दयाले प्रियंकालाई प्रेम प्रस्ताव राखे

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ५ गते ११:००

daya-and-pk-in-happy-days
नायक दयाहाङ राई र नायिका प्रियंका कार्की यतिबेला बेलायतमा छन् । मिलन चाम्सले निर्देशन गरिरहेको चलचित्र ‘ह्याप्पी डेज’को छायांकनका लागि यो जोडी बेलायत पुगेको हो । चलचित्रको एक दृश्यमा नायक दयाले नायिका कार्कीलाई रातो गुलाब दिदै प्रेम प्रस्ताव राखेका छन् ।

सबै दृश्य बेलायतमै खिचिने चलचित्रको बजेट १ करोड ७० लाख रहेको मिलनको भनाई छ । क्याम्बर्ली, रेडिङ, फार्नबोरो लगायतका स्थानमा चलचित्रको छायांकन भैरहेको छ । उच्च प्रविधीका साथ बेलायतमा चलचित्र छायांकन हुनु आफैमा खुशीको कुरा भएको नायिका कार्कीले बताइन् । चलचित्रका ७३ मध्ये ६० बटा दृश्यमा आफू भएकाले पनि डेढ महिना बेलायत नै बस्ने प्रियंकाको भनाई छ ।
daya-and-priyanka-happy-days
हिउँ नै हिउँले भरिएको लोकेशनमा चलचित्र खिच्ने सपना बोकेर प्रियंका बेलायत पुगेकी छिन् । चलचित्रका अर्का कलाकार संजय गुप्ता पनि अहिले बेलायतमै छन् । चलचित्रमा रामकुमार केसीको छायांकन, अर्जुन जीसीको सम्पादन, सकुमार बस्नेतलको एक्सन छ ।

वीपी खनाल, विक्रम जोशी, नरेश शर्मा, डाक्टर अशोक वन्सल, सपनकुमार राई र मिलन चाम्सले मिलेर यो चलचित्र निर्माण गरिरहेका छन् । priyanka-in-happy-days

तस्बिरः मिलन चाम्सको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?