५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पटक-पटक सरकारमा गए पनि बहिर्गमनमा परेका जनमुक्ति सेनाहरुलाई व्यवस्थापन गर्न नसकेकामा पार्टीका नेताहरूले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंको योगम्बर पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा नेता श्रेष्ठले संयुक्त राष्ट्रसंघले अयोग्य ठहर्याए पनि उनीहरु माओवादी पार्टीको योद्धा भएको बताए ।
पूर्वमन्त्री समेत रहेका नेता श्रेष्ठले बहिर्गमनको प्रक्रियामा गल्ति भएको समेत बताए ।
सेना समायोजनको क्रममा संयुक्त राष्ट्रसंघले अयोग्य ठहर गरेपछि शिविरबाट बाहिरएका माओवादी पूर्वलडाकुहरुले पार्टीले आफूहरुलाई बेवास्ता गरेको भन्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले यसअघि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा कब्जासमेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4