 
																			१५ चैत, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सर्वदलीय बैठक राख्न सुझाएको छ ।
संसदको गतिरोध अन्त्यका लागि भएको छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले यस्तो सुझाव राखेका हुन् ।
‘भोलि शनिबार छ। पछिल्लो अवस्थाबारे सभामुखले वा प्रधानमन्त्रीले सर्वदलीय, सर्वपक्षीय बैठक राखेर अगाडि बढ्दा राम्रो हुन्छ’ पाण्डेले सभामुख देवराज घिमिरे उपस्थित बैठकमा भने। उक्त बैठकमा सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा लगायतका दलका प्रमुख सचेतकहरू समेत थिए ।
प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै जवाफ दिनुपर्ने विपक्षी दलहरूको माग छ ।
संसदका सत्तापक्ष र प्रतिपक्ष आमुनेसामुने भइरहेका बेला सडकमा राजतन्त्र पक्षधरहरूको गतिविधि बढेको छ । शुक्रबार समाजवादी मोर्चाले राजधानीमा गणतन्त्रको पक्षमा प्रदर्शन गरेको छ भने राजावादीले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका छन् ।
राजावादीको प्रदर्शन हिंसात्मक भएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पाण्डेले सर्वदलीय बैठक राख्न सुझाएका हुन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4