Comments Add Comment

कतारमा पैसा तिरेर कवि हेमनका कविता श्रवण

heman-yatriनेपालीहरू जहाँ गए पनि साहित्यमा रम्ने गर्छन् । यही क्रममा कतारमा पैसा तिरेर नेपालीहरूले कविता सुनेका छन् ।

कतारमा नेपालीहरूबाट स्थापित चार साहित्यिक संस्थाहरुको सामुहिक आयोजनामा १०७ औं लक्ष्मी जयन्ति सम्पन भयो । जसमा कविताका पारखीहरूले पैसा तिरेर कविता सुनेका हुन् ।

अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज, नवोदित साहित्यिक वाचनालय, सन्ध्या ग्रुप अलखोर तथा गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिसद कतारको साहित्य विभाग रहेका छन् । उक्त कार्यक्रमका प्रमुख आकर्षक कवि हेमन यात्री थिए ।

कार्यक्रममा कवि हेमन यात्रीको स-शुल्क एकल कविता वाचन कार्यक्रम  सम्पन्न भएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतारका महासचिव तथा नवोदित साहित्यिक वाचनालय करातका अध्यक्ष सीताराम थापाले सञ्चालन गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतारका अध्यक्ष तीर्थ संगम राईले सभापतित्व गरेका थिए ।

कार्यक्रमलाई आकर्षक बनाउनका लागि नेपालबाट आएका कवि हेमन यात्रीको प्रमुख आथित्यता रहेको थियो । विशेष अतिथिहरुमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेशप्रसाद बन्जाडे, गैह्र आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कतारका कार्यवाहक महासचिव तेज कटुवाल थिए ।

heman-yatri

त्यसैगरी अतिथिहरुमा नेपाली जनसम्पर्क समिति कतार, लोकतान्त्रिक मञ्च कतार, जन प्रगतिशील मञ्च कतार, तरार्इ मधेस लोकतान्त्रिक मञ्च कतार, आदिवासी जनजाति महासंघ कतारका प्रतिनिधिहरु  तथा जिल्ला सस्थाहरुमा मोरंग सुनसरी सेवा समाज कतार, गुल्मी सेवा समाज, गोर्खा सेवा समाज कतार, लमजुङ सेवा समाज कतार, इलाम सेवा समाज कतार, तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

कतारमा रहेका सामाजिक अभियन्ताहरुमा चानक पोख्रेल, धिरज राई लगायत अनेसासका विशिष्ट स्रोताहरु माया के. सी., बिनोद खड्का, कुमार कार्की, केदार बानिया लगायतको उपस्थिति थियो ।

कार्यक्रममा कवि हेमन यात्रीले दुइ दर्जनभन्दा बढी कविता वाचन गरेका थिए ।

चैत बैशाखको पालुवामा आफ्नै ससुराल भोजपुर दुम्मको उकालोमा चिउरीको पातले रुखमा ठोक्किएर दिएको आवाजलाई थपडी बजाएको संज्ञा दिँदै आमाको गीतमा रुखबाट कविताका हरफहरु झरिरहेको महसुस गर्दै कविले आफ्ना अनुभूति साहित्यिक सर्जकहरु माझ पस्किएका थिए ।

कार्यक्रममा बिशेष अतिथि गणेश प्रसाद बन्जाडे तथा तेज कटुवालले शुभकामना मन्तव्यमा आफु संलग्न संस्था सदैब अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतारप्रति हातेमालो गर्दैजाने छ भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

– चिरञ्जीवी तिम्सिनाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment