Comments Add Comment

कांग्रेस नेता सिटौला डिस्चार्ज

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाल डिस्चार्ज भएका छन् ।

गत शुक्रबार स्वास्थ्यमा समस्या आएपछि सिटौला राजधानीको ह्याम्स अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य परीक्षणमा हेमोग्लोबिनको कमी र न्यून रक्तचाप रहेको पाइएपछि चिकित्सकको सल्लाहमा उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उपचारबाट स्वास्थ्यमा सुधार आएपछि सिटौला डिस्चार्ज भएको सिटौलाका सहयोगी प्रेम भट्टर्राइले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment