+
+
Shares

ईश्वर र सुरेन्द्रको साहसलाई उच्च सम्मानसहित सलाम : उपमहासचिव योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १४:५२
फाइल तस्वीर

३ पुस, काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले अध्यक्ष र महासचिवमा पराजित ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले ११औं महाधिवेशनमा साहस देखाएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका मुख्य रणनीतिकार शंकर पोखरेलसँग प्यानलसहित चुनावी मैदानमा होमिएर पोखरेल र पाण्डेले साहस देखाएको भन्दै उनले सम्मान व्यक्त गरेका छन् ।

‘कमरेड ईश्वर पोखरेल, कमरेड सुरेन्द्र पाण्डे, तपाईंहरूको इमान, निष्ठा र साहसको उच्च सम्मानसहित सलाम गर्दछु,’ भट्टराईले भनेका छन्, ‘टिमका सम्पूर्ण कमरेडहरूको एकता र सहकार्यप्रति आभारी छु ।’

पोखरेल अध्यक्षमा ओलीसँग र पाण्डे महासचिवमा पाख्रेलसँग पराजित भएका छन् । पोखरेलकै प्यानलबाट नेता भट्टराई उपमहासचिवमा विजयी भएका छन् ।

उनले आफ्नो विजयका लागि प्रतिनिधिहरूलाई धन्यवाद दिँदै पार्टी सदस्य तथा आम जनताको निगरानी र परीक्षामा सधैं रहिरहने उल्लेख गरेका छन् ।

‘सम्पूर्ण प्रतिनिधिसहित पार्टीका तमाम कमरेडहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ उपमहासचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टी सदस्य तथा आम जनसमुदायको निगरानी र परीक्षामा सदा रहिरहने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?