३ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट पूर्व र बहालवाला गरी ६ जना मुख्यमन्त्रीहरू पदाधिकारीमा विजयी भएका छन् ।
बिहीबार दिउँसो सम्पन्न मतपरिणामअनुसार दुई जना बहालवाला र चार जना पूर्वमख्यमन्त्रीहरू पदाधिकारीमा विजयी भएका छन् ।
निर्वाच्न आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र कर्णालीका मुख्यमन्त्री यामलाल कंडेल सचिवमा निर्वाचित भएका छन् ।
यस्तै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई र गण्डकी प्रदेशका पूर्वमख्यमन्त्री खगराज अधिकारी पनि सचिवमै विजयी भएका छन् ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ उपाध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाममा उनी सर्वाधिक मतसहित (१७३७) पदाधिकारीमा विजयी हुने नेता बनेका छन् ।
त्यस्तै लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोख्रेल महासचिवमा निर्वाचित भएका छन् । उनी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै २२९ मतले पराजित गर्दै महासचिवमा दोहोरिएका हुन् ।
एक जना पूर्वमुख्यमन्त्री भने पराजित भएका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्य उपाध्यक्षमा पराजित भएका हुन् ।
प्रतिक्रिया 4