+
+
Shares

एमाले मत अपडेट : पदाधिकारीमा पूर्वमाओवादी नेताहरू ‘ग्रिन जोन’मा

यसअघि माओवादी केन्द्रमा रहेका नेताहरूले अग्रता बढाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको महाधिवेशनको छैटौँ दिनमा मतगणना जारी छ र अध्यक्ष केपी शर्मा ओली समूहका धेरै उम्मेदवारले अग्रता बढाइरहेका छन्।
  • पूर्वमाओवादी नेताहरू विष्णुप्रसाद पौडेल र रामबहादुर थापा 'बादल' क्रमशः ८४६ र ७७४ मतसहित पदाधिकारी पदमा अग्रता बढाइरहेका छन्।
  • उपमहासचिवका उम्मेदवार लेखराज भट्ट सबैभन्दा धेरै ७३४ मतसहित अग्रतामा छन् र महाधिवेशनमा २२६३ प्रतिनिधि मध्ये ३६ जनाले मतदाधिकार प्रयोग गरेका छैनन्।

३ पुस, काठमाडौँ । नेकपा एमालेको महाधिवेशन सुरु भएको छैटौँ दिन आज मतगणना जारी छ । जारी गणनाअनुसार पदाधिकारीका उम्मेदवारमा अध्यक्ष केपी शर्मा ओली समूहका धेरै उम्मेदवारले अग्रता बढाइरहेका छन् ।

एमालेको जारी महाधिवेशनमा अध्यक्षमा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् । एमालेमा यसअघि माओवादी केन्द्रमा रहेका नेताहरूले अग्रता बढाइरहेका छन् । ४० वटा मेसिनका ११३९ मत गणना हुँदा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले ७७४ मत ल्याएका छन् । उनीभन्दा अघि विष्णुप्रसाद पौडेलले ८४६ मत ल्याएका छन् ।

त्यस्तै माओवादी पृष्ठभूमिका अर्का नेता लेखराज भट्ट हुन् । उनी उपमहासचिवको उम्मेदवार हुन् । उनी उपमहासचिवमा सबैभन्दा धेरै मतका साथ अग्रतामा छन् । उनले ७३४ मत ल्याएका छन् ।

एमालेको महाधिवेशनमा २२६३ प्रतिनिधि चयन भएका थिए । यीमध्ये ३६ जनाले मतदाधिकार प्रयोग गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?