+
+
Shares

एमाले पदाधिकारीमा ईश्वर समूहबाट गोकर्ण र योगेश मात्र निर्वाचित

एमालेको ११ औं महाधिवेशनमा १९ पदाधिकारीहरूका लागि भएको चुनावमा ईश्वर पोखरेल समूहका दुई जनाले मात्र जितेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेको ११ औं महाधिवेशनमा १९ पदाधिकारी पदका लागि भएको चुनावमा ईश्वर पोखरेल समूहका दुई जनाले मात्र जितेका छन्।
  • उपाध्यक्षमा गोकर्ण विष्टले १३६८ मत र उपमहासचिवमा योगेश भट्टराईले १३४८ मत प्राप्त गरेर जितेका हुन्।
  • केपी ओली र ईश्वर पोखरेल समूहले प्यानल बनाएर चुनाव लडेका थिए, तर पोखरेल समूहका सबै पदाधिकारी पराजित भएका छन्।

३ पुस, काठमाडौं । एमालेको ११ औं महाधिवेशनमा १९ पदाधिकारीहरूका लागि भएको चुनावमा ईश्वर पोखरेल समूहका दुई जनाले मात्र जितेका छन् ।

उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले मात्र जितेका हुन् । पदाधिकारीमा पोखरेल समूहका सबै पराजित भएका छन् । पाँच जना उपाध्यक्षमा विष्टले १३६८ मत ल्याएर जिते । उपमहासचिवमा भट्टराईले १३४८ मत प्राप्त गरे ।

एमालेमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर चुनाव लडेका थिए । ओली समूहमा करिब एकछत्र भोट खस्दा ईश्वर पोखरेलको समूहबाट दुई जनामात्रै पदाधिकारीमा अटाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?