+
+
Shares

एमाले निर्वाचन : अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी (तस्वीरहरू)

शपथ अघि महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपमा अहिले ओली सहित निर्वाचित पदाधिकारीलाई नेता, कार्यकर्ताले माला तथा खादा लगाएर बधाई दिइरहेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ पुष ३ गते १५:२३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको एघारौं महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो पटक अध्यक्षमा पुनः निर्वाचित भएका छन्।
  • ओलीले पार्टी विधान अनुसार पद तथा गोपनीयताको शपथ लिन लागेका छन्।
  • केन्द्रीय निर्वाचन आयोगको मतपरिणाम अनुसार ओली समूहका उम्मेदवारहरू प्रबल रूपमा विजयी भएका छन्।

३ पुस, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा पुन: निर्वाचित केपी शर्मा ओलीले शपथ लिंदैछन् ।

अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका ओलीले पार्टी विधान अनुसार पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

शपथ अघि महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपमा अहिले ओली सहित निर्वाचित पदाधिकारीलाई नेता, कार्यकर्ताले माला तथा खादा लगाएर बधाई दिइरहेका छन् ।

अध्यक्ष ओलीले शपथ ग्रहण गरेपछि उनले अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ गराउनेछन् ।

केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ ।

दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर उत्रिएकोमा अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् ।

पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् । सचिवमा सबै ओलीकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?