+
+
Shares

ओलीसहितलाई शुभकामना दिँदै पोखरेलले भने: पार्टी अभियानमा निरन्तर संलग्न हुन्छु

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा निरन्तर सहभागी भइरहने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले पार्टी अभियानमा निरन्तर सहभागी हुने बताएका छन्।
  • पोखरेलले नयाँ नेतृत्वलाई शुभकामना दिँदै एमालेको देशभक्तिपूर्ण आन्दोलन र समाजवादको आधार निर्माणमा आफ्नो सहभागिता अटूट रहने विश्वास दिलाएका छन्।
  • उनले महाधिवेशनमा उठाएका बहुदलीय जनवाद, सामूहिक नेतृत्व र पार्टी सञ्चालनमा नियन्त्रण र सन्तुलनको सिद्धान्तको पालन नयाँ स्तरमा निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्।

३ पुस, काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा निरन्तर सहभागी भइरहने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ नेतृत्वलाई शुभकामना दिँदै उनले पार्टी अभियानमा लागिरहने बताएका हुन् ।

‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहान्छु। नेकपा (एमाले) को निर्वाचित नयाँ नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस्- हार्दिक शुभकामना व्यक्त गर्दछु’ उनले भनेका छन् ।

त्यस्तै उनले जनताको बहुदलीय जनवादलगायतका मुद्दाहरूमा नयाँ स्तरमा पुग्ने विश्वास रहेको पनि बताए ।

‘महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू- जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले सञ्चालन गर्न नियन्त्रण र सन्तुलनको सिद्धान्तको पालन आदि महत्त्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु,’ पोखरेलले थप भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?