+
+
Shares

एलजीको विश्वकप यात्रा क्याम्पेन, वानखेडे स्टेडियममै नेपाली टोलीको खेल हेर्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १४:४७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एलजीले क्रिकेट विश्वकप यात्रा क्याम्पेन घोषणा गरेको छ जसअन्तर्गत ग्राहकले वानखेडे स्टेडियममा प्रत्यक्ष खेल हेर्न ४ रात ५ दिनको यात्रा जित्न सक्नेछन्।
  • क्याम्पेनमा सहभागी हुन ग्राहकले कुनै पनि एलजी प्रोडक्ट खरिद गरी ३१००३ मा एसएमएस पठाउनुपर्ने कम्पनीले जनाएको छ।
  • एलजीले वासिङ मेसिन खरिदमा निःशुल्क एरियल डिटर्जेन्ट, एसी खरिदमा निःशुल्क इन्स्टलेसन र माइक्रोवेभ ओभनमा कुकिङ किट उपहारमा दिने व्यवस्था गरेको छ।

३ पुस, काठमाडौं । एलजीले क्रिकेट विश्वकप यात्रा क्याम्पेन घोषणा गरेको छ । विश्वस्तरीय अत्याधुनिक प्रविधिमा प्रत्यक्ष अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्नेगरी आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरिएको कम्पनीले जनाएको छ ।

सीमित अवधिका लागि लागु हुने यस अफरअन्तर्गत कुनै पनि एलजी प्रोडक्ट खरिद गर्ने ग्राहकले भारतको मुम्बईस्थित प्रतिष्ठित वानखेडे स्टेडियममा प्रत्यक्ष खेल हेर्न पाउने ४ रात ५ दिनको पूर्ण प्रायोजित यात्रा गर्ने अवसर जित्न सक्नेछन् ।

‘एलजीको विश्वव्यापी ब्रान्ड दर्शन लाइफ गुडमा आधारित यो क्याम्पेनले क्रिकेट प्रेमीको लागि साँच्चिकै महत्त्वपूर्ण क्षणलाई उत्सवका रूपमा प्रस्तुत गर्दछ’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘यस क्याम्पेनअन्तर्गत छनोट हुने विजेताहरूले म्याच टिकट, बसोबास तथा सिटी टुर सहितका सम्पूर्ण ट्राभल प्याकेज प्राप्त गर्नेछन् ।’

साथै, एलजीले ग्राहकका लागि पक्का उपहार समेत सुनिश्चित गरेको छ। जसमा वासिङ मेसिन खरिदमा ३ केजी निःशुल्क एरियल डिटर्जेन्ट, एसी खरिदमा निःशुल्क इन्स्टलेसन, माइक्रोवेभ ओभनमा कुकिङ किट साथै थप सब्सक्रिप्सन सुविधा समावेश छन् ।

कुनै पनि एलजी प्रोडक्ट खरिद गरी वारन्टी कार्ड नम्बर, प्रोडक्टको नाम, ग्राहकको नाम र ठेगाना तोकिएको फर्म्याटमा ३१००३ मा एसएमएस पठाएर ग्राहकले क्याम्पेनमा सहभागिता जनाउन सक्नेछन् । कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि मात्र मान्य रही नेपालभर लागु हुनेछ ।

एलजीका ब्रान्ड तथा मार्केटिङ म्यानेजर मुकेश कुमार बैठाले यस पहलले दैनिक जीवनलाई अर्थपूर्ण अनुभवमार्फत समृद्ध बनाउने एलजीको विश्वासलाई प्रतिबिम्बित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?