News Summary
Generated by OK AI. Editorially reviewed.- सीजी इलेक्ट्रोनिक्सले क्लासी क्लिनसँग मिलेर काठमाडौंको भैंसेपाटीमा नेपालको पहिलो लन्ड्री लाउन्ज सञ्चालनमा ल्याएको छ।
- लन्ड्री लाउन्जमा एलजीका प्रोफेसनल–ग्रेड वासर र ड्रायर प्रयोग गरिएको छ जसले उच्च गुणस्तरीय धुने र सुकाउने सेवा प्रदान गर्दछ।
- ग्राहकहरूले हप्ताको ७ दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्ने र ड्रप अफ तथा पिक अप सुविधा उपलब्ध छ।
२८ मंसिर काठमाडौं । ललितपुर भैँसेपाटीस्थित कार्यविनायकमा नेपालकै पहिलो र अत्याधुनिक ‘एलजी लन्ड्री लाउन्ज’ सञ्चालनमा आएको छ ।
सीजी इलेक्ट्रोनिक्सले आफ्ना साझेदार क्लासी क्लिनसँगको सहकार्यमा यस आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा साकार पारेको हो ।
लन्ड्री लाउन्जको औपचारिक उद्घाटन चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा एलजी बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड चुनले संयुक्त रूपमा गरे ।
एलजीका प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित यो लन्ड्री लाउन्जले ग्राहकलाई धुलाइ र सुकाउने सेवाको नयाँ र परिष्कृत अनुभव प्रदान गर्ने छ ।

यसमा स्थापित अत्याधुनिक एलजी प्रोफेसनल उपकरण र आकर्षक भिजुअल डिजाइनले एकसाथ मिलेर लन्ड्रोम्याटको पारम्परिक अवधारणालाई नयाँ आयाम दिएको कम्पनीले जनाएको छ ।
यस लन्ड्री लाउन्जको सञ्चालन सीजी इलेक्ट्रोनिक्सका साझेदार क्लासी क्लिनले गरिरहेको छ । यहाँ जडान गरिएका एलजी कमर्सियल लन्ड्री सिस्टमले उच्च गुणस्तरको व्यावसायिक धुलाइ र सुकाउने सेवा सुनिश्चित गर्दछ ।
एलजीका कमर्सियल लन्ड्री मेसिनहरूले भरपर्दो सरसफाइ, प्रभावकारी धुने र सुकाउने प्रक्रिया, पानी तथा ऊर्जाको दक्ष प्रयोग र कपडाको राम्रो हेरचाह सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । ड्रायरहरूले उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्यानिटाइज समेत गर्ने बताइएको छ ।
ग्राहकले हप्ताको सातै दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म यस लन्ड्री लाउन्जको सेवा लिन सक्नेछन् । सुविधाका लागि ड्रप अफ र पिक अपको व्यवस्था पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

उद्घाटन कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले एलजीको आधुनिक प्रविधिले स्वच्छता र सुविधालाई नयाँ उचाइमा पुर्याउने बताए ।
सीजीका एसिस्टेन्ट जनरल म्यानेजर बसन्त पालले यसलाई एलजीका व्यावसायिक वासिङ मेसिनहरूको बजार विस्तार गर्ने रणनीतिक कदमका रूपमा व्याख्या गरे ।
बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै लन्ड्री सेवाको माग बढिरहेको भन्दै यो लाउन्जले ग्राहकलाई सरसफाइ, उत्कृष्ट ग्राहक सेवा र अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने लक्ष्य राखेको उनले बताए । ‘परम्परागत लन्ड्रीभन्दा फरक र परिष्कृत सेवा उपलब्ध गराउनु यसको मुख्य विशेषता हो,’ उनले थपे ।
भविष्यमा नेपालभरि यस्ता लन्ड्री लाउन्ज संख्या उल्लेख्य रूपमा विस्तार गर्ने र एलजी तथा यसका साझेदारलाई ब्रान्डका रूपमा स्थापित गर्ने कम्पनीको योजना रहेको पालले जानकारी दिए ।
प्रतिक्रिया 4