
News Summary
Generated by OK AI. Editorially reviewed.- एलजी नेपालले ‘एफेक्सनेट इन्टेलिजेन्स’ नामक नयाँ एआई प्रविधि सार्वजनिक गर्यो।
- कार्यक्रम दुई दिनसम्म चलेको थियो र सर्वसाधारणले अनुभव गर्न पाएका थिए।
- एलजीले ४० वर्षको सफल यात्रा र नवीनतम प्रविधिको प्रतिबद्धता व्यक्त गर्यो।
१६ असार, काठमाडौं । एलजी नेपालले आफ्ना नवीनतम ग्लोबल इनोभेसन अवधारणा ‘एफेक्सनेट इन्टेलिजेन्स’ लाई विशेष दुई दिने कार्यक्रम मार्फत सार्वजनिक गरेको छ ।
जुन २७ मा डिलरहरूका लागि र जुन २८ मा सर्वसाधारण, मिडिया तथा इन्फ्लुएन्सरहरूका लागि आयोजना गरिएको यस कार्यक्रममा एलजीको भविष्यमुखी प्रविधिको अनुभव गराइएको हो । जसले प्रविधिले प्रयोगकर्तालाई बुझ्नमात्र होइन, उनीहरूको ख्याल पनि राख्ने जनाइएको छ ।
एफेक्सनेट इन्टेलिजेन्सको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रति राखिएको विशेष दृष्टिकोण हो, जहाँ एआई केवल बुद्धिमान नभई संवेदनशील र उत्तरदायी रहेको छ, जसले प्रविधि र मानवबीचको सम्बन्ध अझ घनिष्ठ बनाउँछ ।
यस अवसरमा एलजीले आफ्ना आगामी पुस्ताका एआई प्रविधिद्वारा सञ्चालित समाधान प्रस्तुत गर्यो, जुन नवप्रवर्तनमा आफ्नो प्रतिबद्धता र उद्देश्यप्रति समर्पणको प्रमाण थियो ।
साथै, एलजीले नेपालमा आफ्नो ४० वर्षको सफल यात्रा मनाउँदै एक ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ । पछिल्ला चार दशकदेखि एलजी नेपाली घरपरिवारको रोजाइमा रहँदै आएको छ । यो विश्वास, नवीनता र ग्राहकसँगको गहिरो सम्बन्धको प्रतिफल भएको कम्पनीको भनाइ छ ।
कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा एलजीको सुरुवाती यात्रा र डिलर तथा साझेदारहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै यसलाई देशको सबैभन्दा भरपर्दो र प्रिय इलेक्ट्रोनिक्स ब्रान्ड बनाउन उनीहरूको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक फाबियन कुन्हो ली, एलजी इलेक्ट्रोनिक्स बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड सुन्घो चुन, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी लगायत उपस्थित थिए ।
दोस्रो दिनको कार्यक्रम सर्वसाधारणका लागि खुला गरिएको थियो, जसमा आगन्तुकहरूले एलजीको नयाँ एआई प्रविधिको प्रत्यक्ष अनुभव गरे । सहभागीहरूले ‘एआई मिसन च्यालेन्ज’ मा भाग लिएर रमाइला उपहारहरू पनि जितेका थिए ।
यस यात्राको स्मरण गर्दै चौधरी ग्रुपका बजार प्रमुख गौरव हमालले भने, ‘हामी नेपाली घरपरिवारको हिस्सा बन्न पाएकोमा गर्व गर्छौं । एलजीले सधैं नवीनता र अत्याधुनिक प्रविधिको नेतृत्व गर्दै आएको छ । अब एफेक्सनेट इन्टेलिजेन्ससँगै एआई झन् मानवीय, संवेदनशील र अर्थपूर्ण बन्ने छ ।’
एलजी र सिजीको सहकार्य सन् १९८८ बाट सुरु भएको थियो । उक्त समय एलजीलाई गोल्ड स्टार भनेर चिनिन्थ्यो । दशकौंदेखि चल्दै आएको यो साझेदारी विश्वास र नवप्रवर्तनको बलियो आधारमा स्थापित हुँदै आएको जनाइएको छ ।
एफेक्सनेट इन्टेलिजेन्स कार्यक्रम केवल प्रदर्शनी मात्र थिएन, यो मानिस, प्रगति र अझ स्मार्ट, अझ कनेक्टेड भविष्यप्रति गरिएको प्रतिबद्धताको उत्सव रहेको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4