Comments Add Comment

राप्रपा अध्यक्ष थापाद्वारा पदभार ग्रहण

kamal-thapa७ मंसिर, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पदभार ग्रहण गरेका छन् । राप्रपा र राप्रपा नेपालबीच एकता घोषणापछि थापाले चाबहिलस्थित पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरे ।

राप्रपाको राष्ट्रिय अध्यक्ष भने पशुपतिशम्शेर राणा बनेका छन् । पदभार ग्रहणपछि थापाले राप्रपालाई केही समयमै देशको अग्रणी राजनीतिक शक्ति बनाउने बताए ।

समय कम भएको भन्दै उनले लगनशील भएर पार्टीको काममा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment