Comments Add Comment

कमल थापाले आदर्श परित्याग गरेः केशरबहादुर

Kesharbahaur-Bist

७ मंसिर, काठमाडौ । राप्रपा नेपालका विद्रोही नेता केशरबहादुर विष्टले राप्रपा र राप्रपा नेपालवीचको पार्टी एकतालाई अस्वीकार गरेका छन् । विष्टले यो एकतालाई सिद्धान्तहीन एकताका साथै ६ लाख ३० हजार मतदाताको आदर्शको परित्याग भनेका छन् ।

राप्रपा नेपालको सहअध्यक्ष पदबाट कमल थापाले कारवाही गरेपछि ‘एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान’ गठन गरेका विष्टले अब यो अभियानलाई देशव्यापीरुपमा संगठित गर्ने घोषणासमेत गरेका छन् ।

विष्टद्वारा जारी विज्ञसिप्तमा भनिएको छ- ‘प्ाार्टीका नीति सिद्धान्त र आदर्शलाई पूर्णतः परित्याग गर्दै राप्रपा नेपाल गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको वैधानिक आदर्श बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा विधिवत विलय भएकालेे राप्रपा नेपालको अस्तित्वसमेत समाप्त भएको छ ।’

विष्टले कमल थापातर्फ संकेत गर्दै भनेका छन्- ‘राजसंस्थाका बाहक हौं भनेर राजदरबार कुचो लगाइराख्न हुँकार गर्नेहरुले गणतन्त्रको राष्ट्रपतिको समर्थक प्रस्तावक बने । ६ लाख ३० हजार जनताको अभिमत र पार्टीको आदर्शलाई परित्याग गरे ।’ विष्टको भनाइ छ, ‘संविधानसभा निर्वाचनमा ६ लाख ३० हजार नेपाली मतदातालेे मतदान गरेर २५ समानुपातिक सभासद समेत दिएका हुन् ।’

विष्टले कमल थापाको थप आलोचना गर्दै भनेका छन्- ‘राप्रपा नेपालका यी सांसदहरुले संघीयता गणतन्त्र र धर्म निरपेक्षताको संबिधान बनाउन सकारात्मक भूमिका खेले । संविधान निर्माणपछि संविधानको अक्षरश पालना र कार्यान्वयन गर्न गणतान्त्रिक मन्त्रिपरिषदमा सामेल भए । आˆनो सिद्धान्त र निष्ठा प्रतिकूलको संविधानलाई संसारको उत्कृष्ट सविधान भन्नसमेत पछि परेनन् ।’

आफ्नो आगामी लक्षबारे विष्टले भनेका छन्- ‘राप्रपा नेपाल लगायत यो सिद्धान्तमा अटल विश्वास र आस्था राख्ने व्यक्ति, संघ संस्था, समूह र दलहरुलाईँएकीकृत राष्ट्रवादी शक्तिू मा सामेल र संलग्न भै नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र संवैधानिक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीसहितको एकात्मक राज्य प्रणाली कायम गर्नमा मन, वचन कर्मले एकजुट हुन हामी विनभ्रताका साथ आहृवान गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment