+
+

‘आजको डायरी’मा निर्मल शर्माः ‘मर्निङ वाकदेखि अपरिचित महिलासँग भेटघाट’

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ७ गते १८:४३

daily-diary-nirmal-sharma

म सधै जस्तै आज पनि बिहान पौने ५ बजे उठेँ । मुख धोएर मेरो घर सिफलबाट म पशुपति परिसरसम्म मर्निङ वाकमा पुगेँ । त्यहाँबाट फर्कदा यूवाहरु बास्केटबल खेलिरहेका हुन्छन्, म पनि प्रायः खेल्नु गर्छु । गर्मी हुँदा अम्बे अपार्टमेन्टमा स्विमिङ खेल्छु ।

यसपछि, घरका लागि दुध, तरकारी किन्ने काम गरेँ । घरमा आएर चिया पिएपछि सिफलको बोट नजिकै हामी विभिन्न क्षेत्रका मानिसहरु भेट गर्छौ र चिया पिउँछौ । त्यहाँ देशको, व्यक्तिगत लगायतका धेरै कुरा हुन्छ । बिहान साढे १० बजे खाना खाएपछि म महेन्द्र गाडीको स्वरुममा पुगेँ । त्यहाँ चलचित्र ‘ऐश्वर्या’का लागि सेट लगाइएको थियो ।

प्रशान्त ताम्राकारले नायिकालाई गाडी गिफ्ट दिने दृश्य थियो । छायांकनमा केहि समय बसेर म अन्नपूर्ण टीभीका एमडीसँग मिटिङका लागि पुगेँ ।
त्यहाँको मिटिङ निकै राम्रो भयो । यसपछि, विन्धवासिनी म्यूजिकमा एउटा गीतको भिडियो पुर्‍याउने थियो । केहि दिनदेखि यो काम अड्किएको थियो, त्यो काम आज बल्ल गरेँ ।

मलाई एकजना अपरिचित महिलाले विगत ७ महिनादेखि चितवनबाट फोन गरिरहनु भएको थियो । उहाँ मलाई भेट्न चाहनुहुन्थ्यो । क्याफे ३३ मा उहाँसँग भेट भयो । उहाँ नायक अनमोल केसीसँग चलचित्र खेल्न चाहनुहँुदो रहेछ । उहाँलाई अहिले नै अनमोलसँग चलचित्र खेल्नु भन्दा पनि सानातिना भूमिका गर्नु भनेर सल्लाहा दिएँ । उहाँलाई भेटेपछि नायक रमेश उप्रेतीसँग पनि भेट्नु पर्ने काम थियो । हामीले सोहि रेष्टुरेन्टमा भेट गर्‍यौ ।

मिटिङ सकेर म सोझै घर आइपुगेको छु । अहिले खाजा खाँदै साउथ इन्डियन चलचित्र हेरिरहेको छु । बेलुका म कहिले पनि खाना खादिनँ । फेसबुक चलाउने, टीभी हेर्ने काम गर्छु । म सधै नै १० बजेसम्म सुतिसक्छु ।

आजको दिनमा केहि राम्रा काम भएका छन् । आजका दिनलाई म ५ मा ३ दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?