+
+

आचार्य बालकृष्णलाई नेपाल आउने अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ८ गते १०:३८

acharya-balkrishna

८ मंसिर, काठमाडौं । भारतका चर्चित योगगुरु रामदेवका सहयोगी आचार्य बालकृष्णले नेपाल आउन अदालतबाट अनुमति पाएका छन् ।

उत्तराखण्ड उच्च अदालतले आचार्य बालकृष्णलाई नोभेम्बर २३ देखि ३० सम्म नेपाल भ्रमण गर्ने अनुमति दिएको हो । साथै अदालतले उनलाई नेपालबाट फर्किएपछि सीबीआईलाई जानकारी दिन भनेको छ ।

नक्कली कागजपत्र पेश गरेर भारतीय पासपोर्ट बनाएको भन्दै भारतको सीबीआईले आचार्य बालकृष्णमाथि छानविन गरिरहेको छ । र, उनलाई भारत छाड्न रोक लगाइएको थियो ।

बालकृष्ण पतंजली योगपीठले बारामा सञ्चालन गर्न लागेको आयुर्वेदिक उद्योग उदघाटनमा सहभागी हुन नेपाल आउन लागेका हुन् । रामदेव भने मंगलबार नै काठमाडौं आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?