+
+
Shares

शशांकको क्षेत्र भन्दै नवलपरासी जोड्ने प्रस्तावको देउवाले गरे विरोध

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ८ गते १४:०२

Sher B deuba and Shasank koirala

८ मंसिर, काठमाडौं । सरकारले तयार पारेको सीमांकन हेरफेरको प्रस्तावमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै असन्तुष्ट देखिएका छन् ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि समेतको सक्रियतामा तयार पारिएको प्रस्तावमा पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु झिकेर नवलपरासीदेखि बर्दियाससम्म बनाउने उल्लेख छ । तर, देउवाले विरोध गरेका छन् ।

बुधबार बालुवाटार बैठकमा देउवाले सिंगो नवलपरासीलाई प्रदेश नम्बर ५ मा राख्न नसकिने बताए ।

बैठकमा सहभागी एक नेताले भने, नवलपरासीलाई लिएर देउवा र विमलेन्द्र निधिकै मत बाझियो ।’

बैठकमा सहभागी महामन्त्री शशांक कोइरालातिर देखाउँदै देउवाले ‘कहाँ हुन्छ … हाम्रो शशांक उठेको क्षेत्र’ भनेका थिए ।

बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि नवलपरासी जोड्ने प्रस्तावको विरोध गरे ।

कांग्रेस नेताहरुको काउन्टरमा मोर्चाका नेताहरुले भने उसो भए झापा, मोरङ, सुनसरी, कैलाली कञ्चनपुरबारे पनि अहिले नै कुरा गरौं भनेका थिए ।

कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका गृहमन्त्री निधिले भने समर्थन गरे । उनले धनुषादेखि भन्ने तर ढल्केबर पर्दैन भनेर हुन्छ भन्दै समर्थन गरे । बैठकमा सहभागी कांग्रेस महामन्त्री कोइराला भने मौन बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?