+
+

विद्युत प्राधिकरणमा ज्यालादारीका नाममा आन्दोलनको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ८ गते १६:२६

nea-dainik-jyaladari-ko-news

८ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास असफल भएपछि ज्यालादारीका नाममा आन्दोलनको तयारी सुरु भएको छ ।

राजधानीमा लोडसेडिङ हटाएर जनतालाई राहत दिएका कुलमानलाई कार्यालय प्रवेशमा रोक लगाउनेे घोषणा यसअघि कांग्रेस र एमाले निकट कर्मचारी संघ र युनियनले गरेका थिए । त्यो प्रयास असफल भएपछि दैनिक ज्यालादारी केन्द्रीय संघर्ष समितिको नाममा आन्दोलनको चेतावनी दिइएको छ ।

बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले निकालिएका दैनिक ज्यालादारी कर्मचारीलाई पुनर्वहाली गर्नुपर्ने, एकमुष्ट स्थायी बनाउनुपर्ने लगायतका सातबुँदे माग अघि सारेको छ ।

संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादवले माग सम्बोधन नभए मंसिर १२ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने बताए ।

कार्यक्रममा दैनिक ज्यालादारी संघर्ष समितिको वरिष्ठ उपाध्यक्ष मोहनप्रसाद घिमिरेले उर्जामन्त्री जनार्दन शर्मा र कार्यकारी निर्देशक कुलमान घिसिङले चाहेर मात्र उपत्यकालाई उज्यालो बनाउने र स्थायी रुपमा लोडसेडिङको अन्त्य गर्न सम्भव नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?