Comments Add Comment

नेपाल र अष्ट्रेलियाका परराष्ट्रमन्त्रीवीच भेटवार्ता, काठमाडौंबाटै भिसा सेवा उपलब्ध गराउन आग्रह

dr-mahat-at-australia

सिड्नी । नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र अष्ट्रेलियाका परराष्ट्रमन्त्री जुली बिसपबीच अष्ट्रेलियाको राजधानी क्यानबेरामा भेटवार्ता भएको छ ।

यही शनिवार आयोजना हुन लागेको नेपाल महोत्सवका लागि अष्ट्रेलिया आएका परराष्ट्रमन्त्री महत र मन्त्री बिसपबीच बिहीबार बिहान भेटवार्ता भएको हो ।

दुई देशका परराष्ट्रमन्त्रीवीच दुईपक्षीय हित प्रबर्द्धनका बिषयमा कुराकानी भएको भेटमा सहभागी परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।

भेटमा परराष्ट्रमन्त्री महतले नेपालीहरुलाई काठमाडौंबाटै भिसा सेवा उपलब्ध गराउन पनि आग्रह गरेको बताइएको छ । मन्त्री बिसपले नेपालको चासोप्रति आफू सकारात्मक रहेको बताएको स्रोतले जानकारी दियो ।

मन्त्री महतले आजै सिनेटमा बिपक्षी दलकी नेतृ तथा छायाँ परराष्ट्रमन्त्री पेनी वाङ र अन्तराष्ट्रिय विकास एवं प्रशान्त क्षेत्रीय मन्त्री कन्सेटा फियरा भेन्टिवेल्ससँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment