Comments Add Comment

१० बर्षपछि रणवीर र सोनम एउटै पर्दामा

soonam-and-ranbir-kapoor
सन् २००७ मा संजयलिला भन्सालीको निर्देशनमा बनेको चलचित्र ‘सावरिया’बाट बलिउडमा डेब्यू गरेका थिए नायक रणवीर कपुर र नायिका सोनम कपुरले । बक्स अफिसमा यो चलचित्र सफल त हुन सकेन । तर, यो चलचित्रबाट बलिउडले २ स्टार पाएको थियो ।

डेब्यू चलचित्रपछि यी दुइले एकसाथ काम गर्न पाएका थिएनन् । तर, अब निर्देशक राजकुमार हिरानीले यी दुइलाई एकसाथ पर्दामा ल्याउने भएका छन् । राजकुमार सन् २०१७ बाट नायक संजय दत्तको बायोपिकमा चलचित्र बनाउँदैछन् । यो चलचित्रमा संजय दत्तको भूमिकामा रणवीरले काम गर्दैछन् ।

भारतीय मिडियाका अनुसार यो चलचित्रमा अब संजयकी प्रेमिकाको भूमिकामा नायिका सोनम कपुर देखिदैछिन् । ८० देखि ९० को दशकमा संजयको जीवनमा रोमान्स गरेका यूवतीहरुको प्रतिनिधित्व गर्दै सोनमले काम गर्नेछिन् ।

पहिलो चलचित्रमा पनि रोमान्टिक जोडीको रुपमा काम गरेका रणवीर र सोनम अब १० बर्षपछि एकसाथ फेरि रोमान्स गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment